मधेस केन्द्रित दलले भारतमा भएको आतकङ्कारी हमलाको निन्दा गरे
काठमाडौँ । भारतको जम्मु–काश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलाप्रति तराई–मधेस केन्द्रित दलहरूले आपत्ति जनाएका छन् ।
दलहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दैै उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । उनीहरूले यस दुःखको घडीमा आफूहरू भारतको साथमा रहेको प्रस्ट पारेका छन् ।
पहलगाममा भएको आतङ्ककारी आक्रमणमा बुटवल निवासी नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जना पर्यटकको ज्यान गएको थियो ।
आतकङ्वादीको यो क्रुर कार्यले सबैको अन्तस्करणलाई हल्लाएको भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले धर्मको नाममा भएको आतङ्कवादी घटनाको निन्दा गरेका छन् ।
यस्तै, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले आतङ्कवादविरुद्ध विश्व एक भएर लड्नुको विकल्प नरहेको बताएका छन् । आतंकवादको कुनै जात, धर्म र राष्ट्र नहुने भन्दै उनले यसले सम्पूर्ण मानव सभ्यतालाई नै समाप्त पार्न खोज्ने भएकाले यस्तो घृणित कार्यलाई स्वीकार गर्न नसकिने उल्लेख गरेका छन् ।
यस्ता आपराधिक घटनाबाट भारत सरकार अलिकति पनि विचलित नभई अगाडि बढ्ने उनको विश्वास छ ।
जनमत पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले आतकंवादी हमलाको घोर निन्दा गर्दै मानवतालाई नै लज्जित गर्ने यस्ता अमानीय कुकृत्यलाई कुनै पनि अधारमा स्वीकार गर्न नसकिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण