नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
शुक्रबार, १२ वैशाख २०८२, २३ : ०१

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समितिको बैठक बोलाएकी छिन् । वैशाख १७ गते डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकीकरण हुन गइरहेको छ । त्यसअघि वैशाख १५ गते केन्द्रीय समितिको बैठक बोलाइएको अध्यक्ष श्रेष्ठले बताइन् ।
एकीकरणको विषयमा छलफलका लागि बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय सदस्यहरूलाई नागरिकता र मतदाता परिचयपत्र समेत साथमा ल्याउन अध्यक्ष श्रेष्ठले भनेकी छिन् ।
एकताका सबै तयारी पुरा भएको छ । पार्टीको नाम जनमत पार्टी र चुनाव चिन्ह ढकिया रहने सहमति भइसकेको छ भने पार्टीको कार्यकारी अध्यक्ष राउत रहने छन् । नयाँ पार्टीको संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने सहमति भएको छ । केन्द्रीय समितिमा दुवै पार्टीबाट आधा आधा भागबन्डा लगाउने तयारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरको सेवा ठप्प पार्ने दन्त चिकित्सकको चेतावनी
-
काठमाडौँ – हेटौँडा जोड्ने कुलेखानी–फाखेलको बाटो धमाधम हुँदैछ कालोपत्र (तस्बिरहरू)
-
परराष्ट्रमन्त्री डा. राणासँग बिमस्टेक महासचिवको भेटवार्ता
-
त्रिशूलीमा नुहाउन जाँदा बेपत्ता भएका दुई बालिका मृत फेला
-
भक्तपुरमा मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
-
माओवादीसँग गठबन्धन गर्ने कुनै योजना छैन : कांग्रेस