नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
शुक्रबार, १२ वैशाख २०८२, २३ : ०१
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समितिको बैठक बोलाएकी छिन् । वैशाख १७ गते डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकीकरण हुन गइरहेको छ । त्यसअघि वैशाख १५ गते केन्द्रीय समितिको बैठक बोलाइएको अध्यक्ष श्रेष्ठले बताइन् ।
एकीकरणको विषयमा छलफलका लागि बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय सदस्यहरूलाई नागरिकता र मतदाता परिचयपत्र समेत साथमा ल्याउन अध्यक्ष श्रेष्ठले भनेकी छिन् ।
एकताका सबै तयारी पुरा भएको छ । पार्टीको नाम जनमत पार्टी र चुनाव चिन्ह ढकिया रहने सहमति भइसकेको छ भने पार्टीको कार्यकारी अध्यक्ष राउत रहने छन् । नयाँ पार्टीको संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने सहमति भएको छ । केन्द्रीय समितिमा दुवै पार्टीबाट आधा आधा भागबन्डा लगाउने तयारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण