भारत भ्रमणको तयारीमा सुदूरपश्चिम प्रदेश सरकार, सर्वदलीय बैठक माओवादीको बहिष्कार
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार भारत भ्रमणको तयारीमा जुटिरहेको छ। मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वमा प्रदेश सरकारको १० सदस्यीय टोली यही वैशाख १६ गतेदेखि २२ गतेसम्म भारत भ्रमणमा निस्कने कार्यक्रम तय गरिएको छ। भ्रमण भारतीय विदेश मन्त्रालयको व्यवस्थापनमा सम्पन्न हुने बताइएको छ।
भारत भ्रमणको सन्दर्भमा आवश्यक समन्वय तथा जानकारीका लागि मुख्यमन्त्री शाहले बिहीबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएका थिए। नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले सबै दललाई औपचारिक रूपमा उपस्थितिका लागि आग्रह गरेका थिए। तर, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले उक्त बैठकमा सहभागिता जनाएन।
माओवादी केन्द्र संसदीय दलका नेता मानबहादुर धामीले सरकार प्रदेश सभा बैठक समयअघि नै अन्त्य गरेर छलफल र प्रश्नोत्तर प्रक्रिया टारेको आरोप लगाए। 'सरकारले प्रश्नहरूबाट भाग्न खोजेको अवस्थामा मुख्यमन्त्रीद्वारा बोलाइएको बैठकको कुनै औचित्य छैन', नेता धामीले प्रतिक्रिया दिएका छन्।
उनले प्रदेशका जनसमस्याहरू सम्बोधन गर्नुपर्ने बेला सत्तापक्ष विदेश भ्रमणमा जुट्नु जनताप्रति गम्भीर बेवास्ता भएको बताए।माओवादी केन्द्रले प्रदेश सरकारको कार्यशैलीप्रति निरन्तर असन्तुष्टि जनाउँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण