स्याललाई हात्ती बनाएपछि
यहाँ स्याललाई हात्ती बनाएर खप्नु छैन
अनि स्याललाई हात्ती सम्झेर
पूजा गर्छन् ।
स्याल कराएको मन पराएर
जयजयकार गर्छन्
हात्तीको पुच्छर सुटुक्क काटेर
दाह्रा भाँच्न खोज्छन् ।
राम्रो भन्दा नराम्रो सोच्छन्
औँला दिँदा हात टोक्छन्
हिँडिसक्नु छैन गल्तीहरूमा
स्यालसँग मिलेर
हात्ती भगाउँछन्
कागजको घोडा चढेर
पानीमा हाम फाल्छन्
घरमा आगो लगाएर
खरानीको व्यापार गर्न खोज्छन् ।
सिसामा अक्षर
अनि, दृश्य हेरेर मख्ख पर्छन्
किताब र कापी च्यात्छन् ।
पत्रिका पढ्दैनन् अल्पज्ञानीहरू
छापाखाना मास्न खोज्छन् ।
निहुरो ,साग अनि गुन्द्रक खान छोड्छन्
मस्म र पिजा टोक्छन्
भष्ट नेतालाई ढोग्छन्
एकको कमाइ हजार धाक खोज्छन् ।
दिनलाई रात
अनि, सेतोलाई कालो बनाउँछन्
राम्रोभन्दा
नराम्रो बाटो रोज्छन्
भनेर भनिसक्नुछैन अचेल
सुरूवालमाथि कट्टु लगाउँछन्
इज्जत बेचेर खान्छन् ।
धर्मका नाममा
गाई कुटेर
खोलामा बगाउँछन्।
सुन्दरहरैँचा, मोरङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण