सशस्त्रलाई हराउँदै भलिबलको उपाधि पुलिसलाई
शनिबार, १३ वैशाख २०८२, १६ : ५१
काठमाडौँ । आठौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
काठमाडौँको त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबले छ पटकको विजेता सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
पुलिस क्लबले एपीएफमाथि २५–१५, २५–२३ र २५–१६ ले पराजित गर्दै उपाधि जित्न सफल भयो । उपाधिसँगै पुलिसले ४ लाख ९९ हजार प्राप्त गर्यो भने उपविजेता एपीएफले २ लाख ५० हजार प्राप्त गर्यो । प्रतियोगितामा कुल ५ टोली को सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण