छ्याङ्दी हाइड्रोपावरले १८ महिनापछि पायो हकप्रद अनुमति
शनिबार, १३ वैशाख २०८२, १७ : ५९
काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले ३८ करोड ६९ लाखको हकप्रद निष्कासन गर्न अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले शुक्रबार हाइड्रोपावरलाई १ः१ अनुपात बराबरको हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिएको हो ।
उक्त कम्पनीसँग अहिले ३८ करोड ६९ लाख चुक्ता पुँजी रहेको छ । शत् प्रतिशत हकप्रद निष्कासनसँग चुक्ता पुँजी बढेर ७८ करोड हाराहारीमा पुग्नेछ ।
कम्पनी २ वर्षअघि नै उक्त हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । २०८० वैशाखमा बसेको कम्पनीको साधारणसभाले उक्त हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।
सोही वर्षको कात्तिकमा अनुमति माग्दै बोर्डमा पुगेको छ्याङ्दीले १८ महिनापछि हमप्रद निष्कासनको अनुमति पाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण