एमाले सांसदलाई ओलीका १६ निर्देशन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् बैठकमा बोल्नुपर्ने विषयहरूका बारेमा आफ्ना सांसदहरूलाई विभिन्न निर्देशन दिएका छन् । शनिबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा उनले आफ्ना सांसदहरू संसद्मा कसरी प्रस्तुत हुनुपर्छ भन्ने विषयमा सचेत गराएका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सांसदहरूलाई कसैले पार्टी र सरकारको विरुद्धमा गलत कुरा बोल्छ भने तत्काल तीखो रूपमा आलोचना गर्न निर्देशन दिए । आज कुनै विषयमा कसैले गलत ढङ्गले विरोध गर्छ भने त्यसको प्रतिवाद तत्काल गर्नुपर्ने भन्दै उनले तत्कालीन विषयमा भोलि बोल्नुको कुनै अर्थ र महत्त्व नहुने बताए ।
अध्यक्ष ओलीले सांसदहरूले संसद्मा बोल्दा मर्यादित र सभ्य भएर जनताका आवाज प्रतिविम्ब हुने गरी साहसिक रूपमा आवाज उठाउनुपर्नेमा जोड दिए । लोकतन्त्रका लागि संघर्ष गरेको जुनसुकै पार्टीका व्यक्ति भए पनि सम्मानपूर्वक व्यवहार गर्नुपर्ने उनको भनाइ छ ।
यस्ता छन् अध्यक्ष ओलीले सांसदहरूलाई दिएका निर्देशनहरू :
१. सबै माननीयहरूले दस्ताबेजहरू राम्ररी अध्ययन गर्ने, चिन्तन मनन गर्ने, विभिन्न दस्ताबेजहरूसँग तुलनात्मक अध्ययन गरी परिस्थितिलाई बुझेर काम गर्ने ।
२. तत्कालीन समस्याहरूलाई संसद्मा सम्बोधन गर्ने विषयमा तयारी गर्ने ।
२. देश विकासका तथा सुशासनका प्रश्नहरूमा कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ भन्ने सन्दर्भमा आफ्ना दृष्टिकोण प्रस्तुत गर्ने ।
३.बाढी,पहिरो लगायतका सम्भावित प्राकृतिक घटनाका विषयमा के भइरहेको छ ? के गर्नुपर्छ ? भन्ने बारेमा जानकारी लिने, त्यहीअनुसार आफूलाई तयारी अवस्थामा राख्ने ।
४. आफ्ना निर्वाचन क्षेत्रका जनताका समस्याका बारेमा संसद्मा निर्भीक रूपमा समयमै आवाज उठाउने ।
५.समाजका सांस्कृतिक मूल्यहरू चाडपर्व, रीति,थितिहरूलाई सम्मान गर्ने र अन्धविश्वासलाई लिएर प्रताडना दिने बोक्सीजस्ता कुराहरूको विरोध प्रकट गर्ने, अन्धविश्वासका अनेक विकृतिको अन्त्यका लागि जनजागरणमा ध्यान दिने ।
६. जनताका आवाजहरू प्रतिविम्ब हुने गरी अर्थपूर्ण रूपमा मर्यादित र सभ्य भएर तथ्यपरक रूपमा साहसिक ढङ्गले संसद्मा प्रस्तुत हुने ।
७. राष्ट्रियताको पक्षमा प्रष्टरुपमा अडान लिएर बोल्ने, राष्ट्रलाई कमजोर पार्ने खालका प्रवृत्तिहरूलाई तिखो ढङ्गले आलोचना गर्ने, देशभन्दा ठुलो अर्को कुरा हुँदैन भनेर आत्मसाथ गर्दै देशभक्तिको भावनालाई ध्यानमा राखेर जनतालाई जागरूक बनाउने ।
८. पार्टीको विरुद्धमा कसैले गलत ढङ्गले बोल्छ भने त्यसको प्रतिवाद तत्काल छिटोछरितो रूपमा गर्ने ।
९. संसद्को आकस्मिक समयमा अरूलाई गाली गर्ने किसिमले नबोल्ने, तत्कालीन अवस्थामा केही आकस्मिक घटना वा समस्याका बारेमा मात्रै बोल्ने ।
१०. लोकतन्त्रका लागि योगदान गर्ने जुनसुकै पार्टीका भए पनि सम्मान गर्ने, सङ्कीर्ण सोचाइ नराख्ने ।
११.कसैले सरकार ढल्यो भन्दैमा हल्लाको पछाडि नलाग्ने, मिसन ०८४ मा लाग्ने ।
१२.नेपाल महान् देश हो भन्ने भावनालाई आत्मसात् गरेर विविधतालाई एकतामा बदल्दै विकास निर्माणमा लाग्ने ।
१३.समाजमा सुसम्बन्ध ल्याउने गरी इमान र जनताको सेवाको राजनीति गर्नुपर्नेमा ध्यान दिने ।
१४. गलत ढङ्गका विधेयक पारित भयो भने विकास निर्माण तथा जनतालाई दिइने सेवा सुविधामा प्रत्यक्ष असर पर्ने र राजनीतिक विचारमा समेत असर पर्ने भएकाले सही विधेयकहरू ठिक ढङ्गले पारित गर्ने वातावरण बनाउने, गलत विधेयक पारित नगराउन भूमिका खेल्ने ।
१५. आफ्नो देशको विकास आफैले मात्रै गर्न सकिने भएकाले त्यस अनुरूप आफूलाई सजग गराउने ।
१६.आत्मविश्वास, पूर्व तयारी र एमालेपनका साथ संसद्मा प्रस्तुतीकरण दिने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण