मेटालाई बन्द गर्ने चेतावनी नदिइ समाधानको बाटो खोज्न सरकारलाई आग्रह
आइतबार, १४ वैशाख २०८२, ११ : ४०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले मेटालाई ७ दिनमा दर्ता नभए बन्द गर्ने चेतावनी नदिएर समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले कानुनमा भएका उल्जनलाई समाधान नगरी चेतावनी दिनु लज्जास्पद भएको बताए ।
उनले मेटा नेपालमा दर्ता हुनुपर्ने बताए । तर, सरकारले धम्की दिएर होइन, समाधानको बाटो खोजेर मेटालाई नेपालमा दर्ता गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । केही दिन अघि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा ७ दिनभित्र नेपालमा दर्ता नभए बन्द गर्ने चेतावनी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कहिले सञ्चालनमा आउँछ अवरुद्ध कान्ति लोकपथ ?
-
यसरी हुँदै छ शिक्षक र सरकारबिचको ९ बुँदे सहमति कार्यान्वयन
-
वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लागेपछि किसान उत्साहित
-
कक्षा १२ को परीक्षा सुरु, परीक्षा हलभित्र मोबाइल फोन र स्मार्ट घडी लैजान निषेध
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज