प्रधानन्यायाधीश राउतसहितको भ्रमण दल बेलायत प्रस्थान
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको भ्रमण दल बेलायत प्रस्थान गरेको छ ।
बेलायतको सर्वोच्च अदालत र अन्य अदालतहरूको औपचारिक भ्रमण एवं द्विपक्षीय सम्बन्ध विस्तारका क्रममा प्रधानन्यायाधीश राउतसहित सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल टर्किस एयरलाइन्सको जहाजमा बेलायत प्रस्थान गरेको सूचना अधिकारी अच्युत कुइँकेलले बताएका छन् । उनीहरूको ट्रान्जिट टर्कीको इस्तानबुल रहनेछ।
प्रधानन्यायाधीश राउत नेतृत्वको भ्रमण दलमा रजिस्ट्रार पौडेलसहित सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल, विशेष अदालतका न्यायाधीश रितेन्द्र थापा र उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावल रहेका छन् । फुयाल, थापा र रावल आज साँझ एयर इन्डियाको जहाजमार्फत नयाँ दिल्ली हुँदै बेलायत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
यसअघि प्रधानन्यायाधीश राउतसहितको भ्रमण दल गत बिहीबार टर्कीको संवैधानिक अदालतको ६३ औँ वार्षिकोत्सवका अवसरमा त्यहाँका प्रधानन्यायाधीशको मैत्रीपूर्ण निमन्त्रणमा टर्की भ्रमण जाने कार्यक्रम तय भएको थियो । तर टर्कीमा भूकम्प आएपछि अन्तिम समयमा भ्रमण रद्द भएको थियो ।
बेलायत भ्रमणका क्रममा टर्की ट्रान्जिट परे पनि त्यहाँ औपचारिक कुनै कार्यक्रम भने नरहेको सर्वोच्च प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण