ललितपुरको रिह्याब सेन्टरमा पुरुषको मृत्यु

काठमाडौँ । ललितपुरको बडीखेलस्थित रिह्याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका ४८ वर्षीय दावा घिसिङ छन् ।
विश्वास नेपाल रिह्याब सेन्टरमा राखिएका घिसिङलाई गएराति स्वास्थ्यमा समस्या भएपछि बाँडेगाउँस्थित नमस्ते मेट्रो अस्पताल लगिएको थियो । अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको दावी गरिएको छ ।
चिकित्सकहरुले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मीले रातोपाटीलाई बताए । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–७ घर भएका घिसिङका आफन्तले बाँडेगाउँ स्थित नमस्ते मेट्रो अस्पताल अगाडि प्रदर्शन गरेका छन् । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
घिसिङ काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ नाम्गेल बस्दै आएका थिए । घटनाबारे प्रहरी प्रभाग बाँडेगाउँले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिम्रौनगढ नगरपालिकाका मेयरमाथि प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरेको आरोप
-
स्रष्टा, साहित्य र समाज
-
पुलिस र आर्मी सेमिफाइनलमा, भारतीय टोली बाहिरियो
-
लुम्बिनी प्रदेश सरकारले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग बजेटबारे सुझाव संकलन
-
लायन्स कप भलिबल: गण्डकीलाई हराउँदै एपीएफ सेमिफाइनलमा
-
करातेका पदक विजेता सन्तोष अमेरिकामा सम्मानित