देउवाको थाइल्यान्ड भ्रमणबाट सार्वभौमिकता प्रस्ट भयो : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको सार्वभौमिकता कस्तो छ भन्ने कुरा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको थाइल्यान्ड भ्रमणबाट प्रस्ट भएको बताएका छन् ।
आइतबार ललितपुरको कुपण्डोलमा आयोजित सम्प्रभुता सम्बन्धी छलफलमा विप्लवले यस्तो बताएका हुन । शासकले कुर्सीसँग सार्वभौमिकता साट्दा नेपाल सुगौली सन्धिदेखि एमसीसी सम्झौतासम्म पराधीन हुन पुगेको उनले आरोप लगाए ।
‘हाम्रो स्वाधीनता कस्तो छ भन्ने कुरा शेरबहादुर देउवाको थाइल्यान्ड भ्रमणबाट छर्लङ्ग भएको छ । केही समय पहिले केपी ओली थाइल्यान्ड भ्रमणबाट उठेको थियो । बाबुराम भट्टराईजी अहिले भारत भ्रमणमा हुनुहुन्छ । त्यहाँ पनि यही प्रश्न उठ्ला’, उनले भने, ‘अहिलेको अवस्था थाइल्यान्ड कुरेर बसिराख्नुपरेको छ । शासकको मनस्थिति कस्तो छ ? मिडिया कस्तो छ ? देउवाको भ्रमणबाट आँखीझ्याल देखिन्छ ।’
अहिले राजनीतिमा केपी सरकार ढल्छ कि ढल्दैन भन्नेमा बहस भइरहेको भन्दै उनले त्यो गलत भएको बताए । उनले आफूले एक पटक सत्तामा बसेर सेवा गर्न चाहेको समेत सो क्रममा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण