देउवाको थाइल्यान्ड भ्रमणबाट सार्वभौमिकता प्रस्ट भयो : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको सार्वभौमिकता कस्तो छ भन्ने कुरा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको थाइल्यान्ड भ्रमणबाट प्रस्ट भएको बताएका छन् ।
आइतबार ललितपुरको कुपण्डोलमा आयोजित सम्प्रभुता सम्बन्धी छलफलमा विप्लवले यस्तो बताएका हुन । शासकले कुर्सीसँग सार्वभौमिकता साट्दा नेपाल सुगौली सन्धिदेखि एमसीसी सम्झौतासम्म पराधीन हुन पुगेको उनले आरोप लगाए ।
‘हाम्रो स्वाधीनता कस्तो छ भन्ने कुरा शेरबहादुर देउवाको थाइल्यान्ड भ्रमणबाट छर्लङ्ग भएको छ । केही समय पहिले केपी ओली थाइल्यान्ड भ्रमणबाट उठेको थियो । बाबुराम भट्टराईजी अहिले भारत भ्रमणमा हुनुहुन्छ । त्यहाँ पनि यही प्रश्न उठ्ला’, उनले भने, ‘अहिलेको अवस्था थाइल्यान्ड कुरेर बसिराख्नुपरेको छ । शासकको मनस्थिति कस्तो छ ? मिडिया कस्तो छ ? देउवाको भ्रमणबाट आँखीझ्याल देखिन्छ ।’
अहिले राजनीतिमा केपी सरकार ढल्छ कि ढल्दैन भन्नेमा बहस भइरहेको भन्दै उनले त्यो गलत भएको बताए । उनले आफूले एक पटक सत्तामा बसेर सेवा गर्न चाहेको समेत सो क्रममा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना