प्रचण्डलक्षित एमाले सांसद गिरीको टिप्पणी: आफ्नो राजनीतिक रोटी सेक्नको लागि शिक्षकहरूलाई उत्तेजित पार्ने काम गरियो
काठमाडौँ । नेकपा (एमाले)का सांसद पदम गिरीले जिम्मेवार तहमा बसेकाहरूले नै शिक्षकहरूलाई गलत बाटोमा हिँड्न प्रेरित गरिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गिरीले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाललाई लक्षित गर्दै आफ्नो राजनीतिक रोटी सेक्नको लागि शिक्षकहरूलाई उत्तेजित पार्ने काम गरिएको टिप्पणी गरेका हुन् ।
उनले हिजो सरकारको नेतृत्वमा रहँदा शिक्षकहरूसँग सहमति गरेर कार्यान्वयन नगरी वर्तमान सरकारमाथि दोष थुपार्ने काम गरिएको भन्दै आक्रोश व्यक्त गरे । उनले भने, ‘आफ्नो राजनीतिक रोटी सेक्नको लागि शिक्षकहरूलाई उत्तेजित पार्ने, आन्दोलन नछोड्नुस्, सडक तताउनुस्, विद्यालय नफर्किनुस् जस्ता जिम्मेवार तहमा रहेका नेतृत्वहरूले जुन अभिव्यक्ति दिइरहनु भएको छ । यसले कतै शिक्षकहरूलाई गलत बाटोमा हिँड्नको लागि उत्प्रेरित त गरिरहनुभएको छैन ? हिजो सरकारको नेतृत्वमा आफू रहने, आफैँ बसेर शिक्षकहरूसँग सहमति गर्ने, अनि त्यो सहमतिलाई कार्यान्वयन नगर्ने । अनि शिक्षाभित्रका सारा समस्याहरू वर्तमान सरकारले गर्दा आएको हो, वर्तमान प्रधानमन्त्रीको कारण भएको हो जस्तै गरी जनतामा भ्रम पार्ने कामहरू भइरहेका छन् । यसरी जनतामा भ्रम पार्ने हैसियत राख्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण