स्याल र बाघको कथा सुनाउँदै ओलीले भने- फटाहा कुरा गर्नेहरू स्थापित फटाहाहरू नै हुन्

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र एमाले नेतृत्वविरुद्ध गतिविधि गर्नेहरूलाई नीलवर्णको संज्ञा दिएका छन् । आइतबार मदन भण्डारी फाउण्डेसनको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नीलबर्ण शृङ्गारहरू बहुतै हाउभाउ गरिरहेको बताएका छन् । यिनको मखुन्डो उत्रिएको छ तर जनताले रङ हटाएर बुझ्नुपर्छ ।’
उनले स्याल र बाघको कथा सुनाउँदै यस्ता फटाहा कुरा गर्नेहरू स्थापित फटाहाहरू नै रहेको दाबी गरे ।
‘फटाहा कुरा गर्नेहरू स्थापित फटाहाहरू नै हुन् छन्, । पखेटा हेर्यो समाजवाद लेखेको छ, टाउको हेर्यो समाजवाद । बोलेपछि नीलबर्ण शृङ्गार भनेर चिनिन्छ’, उनले भने, जतिवेला यिनीहरू एमाले सिध्याउनैपर्छ भनेर बोल्छन् अनि जनताले चिन्छन् तर पनि एमाले देशको मजबुत पार्टी हो ।’
त्यस्ता तत्त्वहरूले जसरी पनि लिडरसिपमाथि हमला गर्नेतिर लागेको भन्दै कमजोर बनाउन झुटा विलहरू समेत देखाउने गरेको बताए ।
उनले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा २०८४ मै विकास गर्ने पनि बताए ।