प्रतिनिधिसभामा पहलगाम हमलाको विरोध
काठमाडौँ । प्रतिनिधिसभाको आज बसेको बैठकमा सांसदहरूले गत मङ्गलवार छिमेकी मुलुक भारतको जम्मू–कश्मीरको पहलगाममा २७ जनाको ज्यान जाने गरी भएको हमलाको विरोध गरेका हुन् । बैठकको आकस्मिक, शून्य र विशेष समयमा बोल्दै सांसदहरूले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसद सराज अहमद फारुकीले भारतको पहलगाममा मङ्गलवार भएको चरमपन्थी हमलाको निन्दा गर्दै दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरे । सांसद ठाकुरप्रसाद गैरेले पनि भारतको जम्मू–कश्मीरमा आतङ्ककारीको हमलामा परी २६ जनाको निधन भएको घटनाको निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरे । सांसद रामकृष्ण यादवले पनि पहलगाम घटनाको अनुसन्धान गरी संलग्नमाथि कारबाही गर्न माग गरे ।
सांसद किरणकुमार साहले भारतको जम्मू–कश्मीरस्थित पहलगाममा धर्मका आधारमा पर्यटकमाथि आक्रमण गरिनु निन्दनीय रहेको बताए । आतङ्कवादी क्रियाकलाप जहिले पनि जुनकुनै स्थानमा हुने भएकाले त्यस्ता गतिविधि नियन्त्रणसम्बन्धी सरकारको रणनीति के हो जानकारी गराउन माग समेत गरे ।
सांसद अनिता देवीले भारतको जम्मू–कश्मीरको पहलगाममा आतङ्कवादी आक्रमणमा एक नेपालीसहित दर्जनौँ पर्यटकको मृत्यु भएको घटनाको निन्दा गरिन् । उनले आतङ्कवादी गतिविधि निर्मूल पार्न विश्व समुदाय एक हुनुपर्ने बताइन् ।
सांसद ज्वालाकुमारी साहले भारतको जम्मू–कश्मीरस्थित पहलगाम र काठमाडौँको तीनकुनेमा भएको घटना घटनाको भर्त्सना गर्दै त्यस्ता गतिविधि स्वीकार्य नहुने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण