प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षकहरू घाइते

काठमाडौँ । प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् । आइतबार दिउँसो नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडप भएको थियो ।
झडपको क्रममा ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका हुन् । घाइतेहरूको ट्रमा सेन्टर, सिभिल हस्पिट र बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलमा उपचार भइरहेको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
शान्तिपुर्ण शैक्षिक आन्दोलनमा प्रहरीले बल प्रयोग गरेर अन्धाधुन्द शिक्षाकर्मीमाथी लाठ्ठी प्रहार गरेको उनको भनाइ छ । ऐन माग्न आएका शिक्षक कर्मचारीमाथी बन्दुक उपहार प्रदान गरेको बताए ।
आन्दोलनको क्रममा २६ औं दिनमा शिक्षक र प्रहरीबीच झडप भएको थियो । प्रहरीले राखेको निषेधित क्षेत्रमा शिक्षकहरू प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेको थियो ।
प्रहरीको तर्फबाट लाठी र पानीको फोहोरा प्रहार भएपछि शिक्षकहरूले समेत ढुंगा प्रहार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौरीटापको पर्यटन प्रवर्द्धनका लागि स्पार्क एड्भेञ्चर
-
मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रेशमको गिरफ्तारी : थारू–मधेशी मिलनमाथि षडयन्त्र ?
-
प्रचण्डबिनै सिंहदरबारमा ओली र देउवाबिच भेटवार्ता
-
रातो मच्छिन्द्रनाथ रथ जात्रा सुरू (तस्बिरहरू)
-
आगामी नीति तथा कार्यक्रम कस्तो आउनुपर्छ ?