२२५ वर्ष अगाडिको कथामा ‘जार’
काठमाडौँ । ‘जार’ यही वैशाख २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो । फिल्म विषय र प्रस्तुतिका हिसाबले केही फरक रहेको निर्माणपक्षले जनाएको छ । २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको फिल्म हो ।
यो विषय अहिले पनि यदाकदा अस्तित्वमा छ । तर, अहिले ‘जार’ प्रथा धेरै प्रचलनमा छैन । सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित फिल्म साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथा ‘जार’मा आधारित छ ।
फिल्म २२५ वर्ष पुरानो विषयको कथा भन्न मिल्ने निर्देशक फूर्वा छिरिङ लामा बताउँछन् । ‘फिल्मले हाम्रो इतिहाससँगको साक्षात्कार गराउनुका साथै समाजमा हराउँदै गएका परम्परा र सम्बन्धका विविध पाटा देखाउने छ’, लामाले भने ‘मैले सानैदेखि सुन्दै आएको यो कथाले सधैँ झकझकाइ रहन्थ्यो । नेपाली समाजमा जस्तै नेपाली भाषी समुदायमा जहाँसुकै गए पनि एउटै भावना पाइन्छ ।’
लामा ‘जार’ले हाम्रो समाजको भोगाइ, निर्दोषता र त्यतिबेला प्रचलित मितेरी साइनोलाई समेत उजागर गर्ने दाबी गर्छन् । भन्छन् , ‘‘जार’ले एक प्रेमकथामार्फत तत्कालीन समाजको संरचना र मानव भावनाको जटिलतालाई देखाउनेछ ।’
फिल्ममा ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो फिल्मको छायाङ्कन सिक्किममा गरिएको हो ।
फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा रहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण