घुसपैठ गरेको आरोपमा शिक्षकहरूले कुटे स्कुलका कार्यालय सहयोगी
काठमाडौँ । शिक्षक आन्दोलनमा सहभागी हुन आएका कार्यालय सहयोगीलाई शिक्षकहरूले नै कुटपिट गरेका छन् । ‘घुसपैठ’ गरेको आरोपमा बिजुलीबजार स्थित पुल नजिकै आन्दोलनरत शिक्षकहरूले पेम्बु नुर्बु तामाङलाई कपडा समेत च्यातेर कुटपिट गरेका हुन् । तामाङ सिन्धुपाल्चोक स्थित जुगल गापा वडा नम्बर–३ मा रहेको श्री बोल्दे आधारभूत विद्यालयका कार्यालय सहयोगी हुन् ।
आक्रमणमा परेपछि उनले भनेका छन्, ‘सिन्धुपाल्चोकको बोल्दे आधारभूत विद्यालयमा काम गर्छु ।’ शिक्षकहरूको आन्दोलन जारी छ भनेर प्रदर्शनमा सहभागी हुन आउँदा आक्रमणको शिकार भएको उनले बताएका छन् । प्रहरीले उनलाई उद्धार गरेको छ । अहिले उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
तामाङको मुख र कानमा चोट लागेको छ । उनको कपडा पनि शिक्षकहरुले च्यातिदिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण