घुसपैठ गरेको आरोपमा शिक्षकहरूले कुटे स्कुलका कार्यालय सहयोगी

काठमाडौँ । शिक्षक आन्दोलनमा सहभागी हुन आएका कार्यालय सहयोगीलाई शिक्षकहरूले नै कुटपिट गरेका छन् । ‘घुसपैठ’ गरेको आरोपमा बिजुलीबजार स्थित पुल नजिकै आन्दोलनरत शिक्षकहरूले पेम्बु नुर्बु तामाङलाई कपडा समेत च्यातेर कुटपिट गरेका हुन् । तामाङ सिन्धुपाल्चोक स्थित जुगल गापा वडा नम्बर–३ मा रहेको श्री बोल्दे आधारभूत विद्यालयका कार्यालय सहयोगी हुन् ।
आक्रमणमा परेपछि उनले भनेका छन्, ‘सिन्धुपाल्चोकको बोल्दे आधारभूत विद्यालयमा काम गर्छु ।’ शिक्षकहरूको आन्दोलन जारी छ भनेर प्रदर्शनमा सहभागी हुन आउँदा आक्रमणको शिकार भएको उनले बताएका छन् । प्रहरीले उनलाई उद्धार गरेको छ । अहिले उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
तामाङको मुख र कानमा चोट लागेको छ । उनको कपडा पनि शिक्षकहरुले च्यातिदिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध घुसपैठ रोक्न भारतसँगको सबै सीमा नाकामा उच्च निगरानी
-
आशाको सञ्चार गराउनु मिडियाको प्रमुख दायित्व हो : अध्यक्ष बस्नेत
-
आईपीएल : प्रभसिमरनको शानदार ब्याटिङ, लखनउसामु २ सय ३७ रनको लक्ष्य
-
‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की
-
कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु
-
कुमाल गाउँका ८० जनाले सिके पाउदुरे नाच