इरानको बन्दरगाहमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या २८ पुग्यो, तीन दिन शोक घोषणा
तेहरान । दक्षिणी इरानको बान्दर अब्बास सहरको शाहिद रेजाई बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या कम्तीमा २८ पुगेको छ भने ८०० जना घाइते भएका छन्।
यो ठुलो विस्फोटपछि इरानी प्रशासनले तीन दिनको शोक घोषणा गरेको छ। यो विस्फोट शनिबार बिहान भएको थियो।
विस्फोट यति शक्तिशाली थियो कि नजिकैका कार्यालयहरूका झ्यालहरू फुटेका थिए। विस्फोटबाट भएको ठुलो आगो अहिले नियन्त्रणमा आएको छ।
यस क्षेत्रका सबै स्थानीय विद्यालय र कार्यालयहरू बन्द छन्। सहरका बासिन्दाहरूलाई घर भित्रै बस्न वा सुरक्षात्मक मास्क लगाउन निर्देशन दिइएको छ।
विस्फोटको कारणको बारेमा अनुसन्धान जारी छ। यो विस्फोट लापरबाहीपूर्वक भण्डारण गरिएका रसायनहरूका कारण भएको हुन सक्ने अनुमान गरिएको छ।
घटनास्थलबाट धेरै तस्बिर र भिडियोहरू बाहिर आएका छन्। मानिसहरू दौडिरहेको र धेरै मानिसहरू सडकमा घाइते अवस्थामा लडिरहेको देख्न सकिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण