इरानको बन्दरगाहमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या २८ पुग्यो, तीन दिन शोक घोषणा

तेहरान । दक्षिणी इरानको बान्दर अब्बास सहरको शाहिद रेजाई बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या कम्तीमा २८ पुगेको छ भने ८०० जना घाइते भएका छन्।
यो ठुलो विस्फोटपछि इरानी प्रशासनले तीन दिनको शोक घोषणा गरेको छ। यो विस्फोट शनिबार बिहान भएको थियो।
विस्फोट यति शक्तिशाली थियो कि नजिकैका कार्यालयहरूका झ्यालहरू फुटेका थिए। विस्फोटबाट भएको ठुलो आगो अहिले नियन्त्रणमा आएको छ।
यस क्षेत्रका सबै स्थानीय विद्यालय र कार्यालयहरू बन्द छन्। सहरका बासिन्दाहरूलाई घर भित्रै बस्न वा सुरक्षात्मक मास्क लगाउन निर्देशन दिइएको छ।
विस्फोटको कारणको बारेमा अनुसन्धान जारी छ। यो विस्फोट लापरबाहीपूर्वक भण्डारण गरिएका रसायनहरूका कारण भएको हुन सक्ने अनुमान गरिएको छ।
घटनास्थलबाट धेरै तस्बिर र भिडियोहरू बाहिर आएका छन्। मानिसहरू दौडिरहेको र धेरै मानिसहरू सडकमा घाइते अवस्थामा लडिरहेको देख्न सकिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजसंस्थालाई चिहानबाट फर्काउन असम्भव : एमाले सचिव विष्ट
-
प्रधानमन्त्री ओली र भाजपा नेता चौथाइवालेबिच भेटवार्ता
-
तीन करोड खर्चेर नोरा फतेहीलाई नेपाल ल्याइँदै, तेरिया र दुर्गेशको पनि प्रस्तुति
-
स्कारपियो दुर्घटना हुँदा एक कर्मचारीको मृत्यु
-
सरकारसँगको सहमतिमा विद्यालय कर्मचारीहरूलाई कहाँ भयो धोका ?
-
काठमाडौँ विश्वविद्यालयले बिराट मेडिकल कलेजलाई तोक्यो पीजी परीक्षा केन्द्र