पत्रकार कार्कीको आँखाको अवस्था कस्तो छ ?

काठमाडौँ । प्राइम टेलिभिजनकी पत्रकार सविना कार्कीको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । शिक्षक आन्दोलनका क्रममा प्रहरीले प्रहार गरेको पानीको फोहोरा लागेर उनको दुवै आँखामा चोट लागेको थियो ।
दुवै आँखामा गम्भीर चोट लाग्नुका साथै आँखाबाट रगत समेत बगेको थियो । पानीको फोहोरा लागेपछि तत्कालै प्रहरीले बोकेर अस्पताल लगेको थियो । घाइते पत्रकार कार्कीको सिभिल अस्पताल, ट्रमा सेन्टर हुँदै अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । उनको उपचार संलग्न डाक्टरहरूले दुवै आँखामा रगत जमेकाले भिजन एकदमै कम भएको बताएका छन् ।
उनको उपचारमा संलग्न डाक्टर शिवान्सी श्रेष्ठले चोटका कारण भिजन एकदमै कम भएको बताइन् । जसले गर्दा आँखा भित्री पर्दाको अवस्था देख्न नसकिएको बताइन् । भिजन र भित्री पर्दामा के कति चोट छ भनेर यकिन गर्न नसकिएको उनको भनाइ छ ।
‘दुवै आँखाभित्र रगत जमेको छ । जसलाई मेडिकलको भाषामा हाइफिमा भनिन्छ । चोटको कारणले गर्दा आँखाको प्रेसर पनि बढेको छ । भिजन एकदम कम छ । झिल्लीमा पनि चोट लागेको छ,’ डाक्टर श्रेष्ठले भनिन् ।
हाइफिमाको कारणले भिजन एकदमै कम भएको र आँखाको पछाडिको रेटिनाको भाग कस्तो छ भनेर हेर्न नसकिएको बताइन् । अहिले आँखामा जमेको रगत हटाउन औषधि सुरु गरिएको बताइन् ।
हाइफिमा कम भएपछि पर्दाको अवस्था कस्तो छ भनेर भन्न सकिने उनको भनाइ छ । पछाडिको पर्दामा समेत धेरै चोट लागेकाले उपचार अलिकति लामो जान सक्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–इरानबिच तनाव : नेपालीको सुरक्षामा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण
-
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने प्रतिबद्धता
-
गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज
-
'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?