पत्रकार कार्कीको आँखाको अवस्था कस्तो छ ?
काठमाडौँ । प्राइम टेलिभिजनकी पत्रकार सविना कार्कीको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । शिक्षक आन्दोलनका क्रममा प्रहरीले प्रहार गरेको पानीको फोहोरा लागेर उनको दुवै आँखामा चोट लागेको थियो ।
दुवै आँखामा गम्भीर चोट लाग्नुका साथै आँखाबाट रगत समेत बगेको थियो । पानीको फोहोरा लागेपछि तत्कालै प्रहरीले बोकेर अस्पताल लगेको थियो । घाइते पत्रकार कार्कीको सिभिल अस्पताल, ट्रमा सेन्टर हुँदै अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । उनको उपचार संलग्न डाक्टरहरूले दुवै आँखामा रगत जमेकाले भिजन एकदमै कम भएको बताएका छन् ।
उनको उपचारमा संलग्न डाक्टर शिवान्सी श्रेष्ठले चोटका कारण भिजन एकदमै कम भएको बताइन् । जसले गर्दा आँखा भित्री पर्दाको अवस्था देख्न नसकिएको बताइन् । भिजन र भित्री पर्दामा के कति चोट छ भनेर यकिन गर्न नसकिएको उनको भनाइ छ ।
‘दुवै आँखाभित्र रगत जमेको छ । जसलाई मेडिकलको भाषामा हाइफिमा भनिन्छ । चोटको कारणले गर्दा आँखाको प्रेसर पनि बढेको छ । भिजन एकदम कम छ । झिल्लीमा पनि चोट लागेको छ,’ डाक्टर श्रेष्ठले भनिन् ।
हाइफिमाको कारणले भिजन एकदमै कम भएको र आँखाको पछाडिको रेटिनाको भाग कस्तो छ भनेर हेर्न नसकिएको बताइन् । अहिले आँखामा जमेको रगत हटाउन औषधि सुरु गरिएको बताइन् ।
हाइफिमा कम भएपछि पर्दाको अवस्था कस्तो छ भनेर भन्न सकिने उनको भनाइ छ । पछाडिको पर्दामा समेत धेरै चोट लागेकाले उपचार अलिकति लामो जान सक्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण