दुई खेलाडीको उत्कृष्ट अर्धशतक, मुम्बईले लखनऊलाई दियो २१६ रनको लक्ष्य

काठमाडौँ । जारी आईपीएलको ४५ औं खेलअन्तर्गत आइतबार भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले लखनऊ सुपर जाइन्ट्सलाई २१६ रनको विजयी लक्ष्य दिएको छ ।
मुम्बईको वाङ्खडे स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा २१५ रन बनायो ।
आज मुम्बईका ओपनर रियान रिकल्टनले ३२ बलमा ५८ रन बनाए । त्यस्तै सूर्यकुमार यादवले पनि अर्धशतकीय पारी खेले । आवेश खानको बलमा मिचेल मार्सबाट क्याच हुनुअघि उनले २८ खेलमा ५४ रन बनाए । लगातार दुई छक्का हिर्काएर रोहित शर्मा भने आज मात्र १२ रनमा आउट भए । विल ज्याक्सले २९ रन बनाए । त्यस्तै नमन धिरले आक्रामक पारी खेल्दै ११ बलमा २५ रन बनाए भने कोर्बिन बोस्चले पनि १० बलमा २० रन बनाए ।
आज कप्तान हार्दिक पाण्डया, रोहित शर्मा र तिलक बर्मा भने चलेनन् । पाण्ड्याले ७ बलमा मात्र ५ रन बनाए भने तिलक वर्माले ५ बलमा छ रन बनाए । लखनऊका मयंक यादव र आवेश खानले समान २/२ विकेट लिए ।
अंक तालिकामा मुम्बई पाँचौँ र लखनऊ छैटौँ स्थानमा छन् । मुम्बई पछिल्ला चार खेलमा अपराजित छ ।
राति पौने ८ बजे दिल्ली क्यापिटल्स र रोयल च्यानेन्जर्स बेंगलुरुबिच आजको दोस्रो खेल हुँदै छ ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?