दुई खेलाडीको उत्कृष्ट अर्धशतक, मुम्बईले लखनऊलाई दियो २१६ रनको लक्ष्य
काठमाडौँ । जारी आईपीएलको ४५ औं खेलअन्तर्गत आइतबार भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले लखनऊ सुपर जाइन्ट्सलाई २१६ रनको विजयी लक्ष्य दिएको छ ।
मुम्बईको वाङ्खडे स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा २१५ रन बनायो ।
आज मुम्बईका ओपनर रियान रिकल्टनले ३२ बलमा ५८ रन बनाए । त्यस्तै सूर्यकुमार यादवले पनि अर्धशतकीय पारी खेले । आवेश खानको बलमा मिचेल मार्सबाट क्याच हुनुअघि उनले २८ खेलमा ५४ रन बनाए । लगातार दुई छक्का हिर्काएर रोहित शर्मा भने आज मात्र १२ रनमा आउट भए । विल ज्याक्सले २९ रन बनाए । त्यस्तै नमन धिरले आक्रामक पारी खेल्दै ११ बलमा २५ रन बनाए भने कोर्बिन बोस्चले पनि १० बलमा २० रन बनाए ।
आज कप्तान हार्दिक पाण्डया, रोहित शर्मा र तिलक बर्मा भने चलेनन् । पाण्ड्याले ७ बलमा मात्र ५ रन बनाए भने तिलक वर्माले ५ बलमा छ रन बनाए । लखनऊका मयंक यादव र आवेश खानले समान २/२ विकेट लिए ।
अंक तालिकामा मुम्बई पाँचौँ र लखनऊ छैटौँ स्थानमा छन् । मुम्बई पछिल्ला चार खेलमा अपराजित छ ।
राति पौने ८ बजे दिल्ली क्यापिटल्स र रोयल च्यानेन्जर्स बेंगलुरुबिच आजको दोस्रो खेल हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण