आजको शिक्षक आन्दोलनमा भएको मुठभेड नियोजितजस्तो देखियो – एमाले महासचिव
आइतबार, १४ वैशाख २०८२, १९ : ०५
काठमाडौँ । नेकपा एमाले महासचिव शंकर पोखरेलले आज भएको शिक्षक आन्दोलको मुठभेड नियोजितजस्तो देखिएको आरोप लगाएका छन् ।
शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्वहरूको चलखेलले आज दुःखद् अवस्था सिर्जना भएको उनले सामाजिक सञ्जालमा लेखेका छन् । शिक्षक नेतृत्व वार्ताबाट सहमतिमा पुग्न कोसिस गरिरहेको र वार्तासमेत सकारात्मक दिशामा अघि बढेका वेला भएको मुठभेड नियोजित देखिएको उनले आशंका व्यक्त गरे ।
शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थअनुरुप मुठभेडमा लैजाने षडयन्त्रविरुद्ध महासंघको नेतृत्व थप सचेत हुनुपर्ने समेत उनले बताए ।
सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको पालना सरकार र शिक्षक दुवैको दायित्व भएको र वार्ताबाट सहमतिमा पुग्नुको विकल्प नभएको उनको भनाइ छ । दुवैपक्ष गम्भीर ढंगले वार्तमा बसेर सहमति गरेर मात्र वार्ताबाट उठ्न उनले अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण