आजको शिक्षक आन्दोलनमा भएको मुठभेड नियोजितजस्तो देखियो – एमाले महासचिव
आइतबार, १४ वैशाख २०८२, १९ : ०५

काठमाडौँ । नेकपा एमाले महासचिव शंकर पोखरेलले आज भएको शिक्षक आन्दोलको मुठभेड नियोजितजस्तो देखिएको आरोप लगाएका छन् ।
शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्वहरूको चलखेलले आज दुःखद् अवस्था सिर्जना भएको उनले सामाजिक सञ्जालमा लेखेका छन् । शिक्षक नेतृत्व वार्ताबाट सहमतिमा पुग्न कोसिस गरिरहेको र वार्तासमेत सकारात्मक दिशामा अघि बढेका वेला भएको मुठभेड नियोजित देखिएको उनले आशंका व्यक्त गरे ।
शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थअनुरुप मुठभेडमा लैजाने षडयन्त्रविरुद्ध महासंघको नेतृत्व थप सचेत हुनुपर्ने समेत उनले बताए ।
सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको पालना सरकार र शिक्षक दुवैको दायित्व भएको र वार्ताबाट सहमतिमा पुग्नुको विकल्प नभएको उनको भनाइ छ । दुवैपक्ष गम्भीर ढंगले वार्तमा बसेर सहमति गरेर मात्र वार्ताबाट उठ्न उनले अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वसाधारणलाई सिंहदरबारको गेट खुला गर्न ज्वालाको माग
-
धितोपत्र बोर्डले आइपीओ स्वीकृति दिन कमिसन मागेकोबारे छानबिन गर्न माओवादीको माग
-
नीति तथा कार्यक्रमको बुँदा नम्बर ६५ र ६६ मा शिक्षक महासङ्घको आपत्ति
-
सुदूरपश्चिम संसदीय दलको विवाद अझै मिलेन, प्रचण्डले फेरि बोलाए खुमलटार
-
अब कम्पनीको विवरण अद्यावधिक गराउँदा वास्तविक सेयर धनी घोषणा गर्नुपर्ने
-
सेनाले बसपार्कको जग्गामा दाबी छाड्नुपर्छ