प्रहरीले दमन गरेपछि आन्दोलनलाई थप सशक्त बनाउने नेपाल शिक्षक महासङ्घको निर्णय
काठमाडौँ । नेपाल शिक्षक महासंघले काठमाडौँ केन्द्रित सडक आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । आन्दोलनका क्रममा आज दिउँसो प्रहरीले आक्रमण गरेपछि बसेको महासंघको बैठकले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो ।
बैठकले प्रहरीले गरेको दमनको घोर भर्त्सना गरेको छ। एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले प्रहरीले नियोजित रूपमा लाठी प्रहार गरेको बताए ।
’पानीको फोहोरापछि शिक्षकहरू साइड लागिसकेका थिए। तर, त्यसपछि प्रहरीले सडक पेटीमा उभिएका शिक्षकहरूमाथि अन्धाधुन्ध लाठी हान्यो। प्रहरीको यो कदमको जती विरोध गरेपनि कम हुन्छ,झ अध्यक्ष अधिकारीले भने ।
आन्दोलनलाई थप सशक्त बनाउनका लागि शिक्षक तथा कर्मचारीलाई काठमाडौं बोलाउने भएको छ। विद्यालय खोल्न निर्देशन दिईरहेका पालिकाहरूलाई विद्यालयको साचो बुझाएर काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आह्वान समेत गरेको छ ।
विद्यालय खोल्न दबाब दिने पालिकालाई विद्यालयको साचो बुझाएर काठमाडौं आउन प्रधानाध्यापकहरूलाई अनुरोध गरिएको बताए । त्यस्तै शिक्षक महासंघले पेश गरेको ९ बुदाहरू मन्त्रिपरिषदबाट तत्काल पारित गराउन ताकेता गर्ने समेत निर्णय गरेको छ ।
यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि आन्दोलन गर्दै आएका छन्। आन्दोलनको २६ ओै दिनमा आज प्रहरी र शिक्षकहरूबीच झडप भएको थियो । झपडका क्रममा ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाईते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण