कास्कीमा चट्याङ लागेर २ जनाको मृत्यु
आइतबार, १४ वैशाख २०८२, २० : ३८
पोखरा । कास्कीमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ ।
जिल्लाको अन्नपुर्ण गाउँपालिका ११ मा दिउँसो चट्याङले दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा संखुवासभाको सिलिचोङ गाउँपालिका २ का ४४ वर्षीय भरतकुमार राई र १८ वर्षीय महेश राई हुन् । पदमार्ग निर्माणको काम गरिरहेका उनीहरूलाई हिउँले समेत पुरेको कास्की प्रहरीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए ।
सोही ठाउँमा काम गरिरहेका अरु ७ जना भने सकुशल छन् । शव निकाल्न प्रहरी खटिएको उनले बताए । 'ठाउँ विकट छ । प्रहरी भर्खर त्यसतर्फ गएको छ,' शर्माले भने, 'भोलिमात्र हाम्रो टोली पुग्छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण