बेंगलुरुसामु १६२ रनमै रोकियो दिल्ली, कसैले पनि बनाउन सकेनन् अर्धशतक
काठमाडौँ । जारी आईपीएलको ४६ औं र आइतबारको दोस्रो खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १६३ रनको मध्यम लक्ष्य दिएको छ ।
अरुन जेट्ली स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा मात्र १६२ रन मात्र बनाउन सक्यो । आज पनि दिल्लीका कुनै पनि ब्याटरले अर्धशतकीय पारी खेल्न सकेनन् ।
केएल राहुलले सर्वाधिक ४१ रनको योगदान दिए भने ट्रिस्टन स्टब्सले ३४ रन बनाए । त्यस्तै अभिषेक पोरेलले २८ रन बनाए ।
करुन नैरले मात्र ४ रन बनाए भने अन्य दिन तीव्र गतिमा ब्याटिङ गर्दै आएका अक्षर पटेलले पनि आज १५ रन मात्र बनाउन सके ।
बैंगलुरुका भुवनेश्वर कुमारले ३ विकेट लिए भने जोस हेजलवुडले २ विकेट लिए ।
यसअघि आजै भएको अघिल्लो खेलमा मुम्बई इन्डियन्सले लखनऊ सुपर जाइन्ट्सलाई ५४ रनले पराजित गर्दै तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण