ऋण चुक्ता गर्न सिरियालाई साउदी र कतारले सहयोग गर्ने

काठमाडौँ । साउदी अरेबिया र कतारले सिरियालाई ऋण चुक्ता गर्न मद्दत गर्ने भएका छन्। सिरियाले विश्व बैंकलाई तिर्न बाँकी रहेको ऋण चुक्ता गर्न दुवै देशले सघाउने बताएका हुन्।
साउदी र कतारको यो कदमले युद्धग्रस्त सिरियालाई पुनः सहयोग गर्न विश्व बैंकलाई बाध्य पार्न सक्ने विश्लेषण गर्न लागिएको छ ।
साउदी र कतारका अर्थ मन्त्रालयहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सिरियालाई बैंकले दिएको लगभग १ करोड ५० लाख अमेरिकी डलर ऋण चुक्ता गर्ने निर्णय गरेको बताएका छन्। यो निर्णय यस महिना वाशिंगटनमा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० को बैठकमा लिइएको पनि विज्ञप्तिमा भनिएको थियो।
आफ्नो ऋण तिरिदिएकोमा सिरियाले दुवै देशलाई धन्यवाद भनेको छ । सिरियाली विदेश मन्त्रालयले साउदी र कतारको यस कदमले १४ वर्षको युद्धपछि देशको पुनर्स्थापना र पुनर्निर्माणलाई तीव्रता दिने बताएको छ। यस द्वन्द्वमा करिब पाँच लाख मानिस मारिइसकेका छन् भने देशले पनि ठूलो क्षति बेहोर्नु परेको छ ।
इस्लामवादी हयात तहरीर अल(शामको नेतृत्वमा विद्रोही समूहहरूले दमास्कसमा बसर अल(असदबाट सत्ता कब्जा गरेका थिए, त्यसपछि डिसेम्बरको सुरुमा बसर सरकार पतन भएको थियो।
संयुक्त राष्ट्र संघले २०१७ मै सिरियाको पुनर्निर्माणमा कम्तिमा २५० अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरेको थियो। अब त झन् यो खर्च बढेर कम्तीमा पनि ४०० अर्ब अमेरिकी डलर पुगेको हुन सक्ने केही विज्ञहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?