ऋण चुक्ता गर्न सिरियालाई साउदी र कतारले सहयोग गर्ने
काठमाडौँ । साउदी अरेबिया र कतारले सिरियालाई ऋण चुक्ता गर्न मद्दत गर्ने भएका छन्। सिरियाले विश्व बैंकलाई तिर्न बाँकी रहेको ऋण चुक्ता गर्न दुवै देशले सघाउने बताएका हुन्।
साउदी र कतारको यो कदमले युद्धग्रस्त सिरियालाई पुनः सहयोग गर्न विश्व बैंकलाई बाध्य पार्न सक्ने विश्लेषण गर्न लागिएको छ ।
साउदी र कतारका अर्थ मन्त्रालयहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सिरियालाई बैंकले दिएको लगभग १ करोड ५० लाख अमेरिकी डलर ऋण चुक्ता गर्ने निर्णय गरेको बताएका छन्। यो निर्णय यस महिना वाशिंगटनमा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० को बैठकमा लिइएको पनि विज्ञप्तिमा भनिएको थियो।
आफ्नो ऋण तिरिदिएकोमा सिरियाले दुवै देशलाई धन्यवाद भनेको छ । सिरियाली विदेश मन्त्रालयले साउदी र कतारको यस कदमले १४ वर्षको युद्धपछि देशको पुनर्स्थापना र पुनर्निर्माणलाई तीव्रता दिने बताएको छ। यस द्वन्द्वमा करिब पाँच लाख मानिस मारिइसकेका छन् भने देशले पनि ठूलो क्षति बेहोर्नु परेको छ ।
इस्लामवादी हयात तहरीर अल(शामको नेतृत्वमा विद्रोही समूहहरूले दमास्कसमा बसर अल(असदबाट सत्ता कब्जा गरेका थिए, त्यसपछि डिसेम्बरको सुरुमा बसर सरकार पतन भएको थियो।
संयुक्त राष्ट्र संघले २०१७ मै सिरियाको पुनर्निर्माणमा कम्तिमा २५० अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरेको थियो। अब त झन् यो खर्च बढेर कम्तीमा पनि ४०० अर्ब अमेरिकी डलर पुगेको हुन सक्ने केही विज्ञहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण