पन्तलाई २४ लाख रुपैयाँ जरिवाना
सोमबार, १५ वैशाख २०८२, १० : ३०
मुम्बई । लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई स्लो ओभर रेटको कारण फेरि जरिवाना गरिएको छ । उनलाई २४ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको हो ।
यसका साथै, सुरुवाती ११ मा समावेश गरिएका खेलाडीहरूले पनि ६ लाख रुपैयाँ वा उनीहरूको म्याच शुल्कको २५ प्रतिशत, जुन कम हुन्छ, जरिवाना तिर्नुपर्नेछ । आइतबार मुम्बईमा भएको मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबिचको खेलमा निर्धारित समयमा पूरा ओभर बलिङ नगरेकोमा लखनउलाई यो जरिवाना लगाइएको हो । लखनउले दोस्रो पटक यो गल्ती गरेको छ ।
यस सिजनमा आठौँ पटक स्लो ओभर रेटको लागि जरिवाना लगाइएको छ । लखनउ सुपर जायन्ट्स र राजस्थान रोयल्सलाई दुई–दुई पटक जरिवाना गरिएको छ भने मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरु, दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सलाई एक–एक पटक जरिवाना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण