पन्तलाई २४ लाख रुपैयाँ जरिवाना
सोमबार, १५ वैशाख २०८२, १० : ३०

मुम्बई । लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई स्लो ओभर रेटको कारण फेरि जरिवाना गरिएको छ । उनलाई २४ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको हो ।
यसका साथै, सुरुवाती ११ मा समावेश गरिएका खेलाडीहरूले पनि ६ लाख रुपैयाँ वा उनीहरूको म्याच शुल्कको २५ प्रतिशत, जुन कम हुन्छ, जरिवाना तिर्नुपर्नेछ । आइतबार मुम्बईमा भएको मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबिचको खेलमा निर्धारित समयमा पूरा ओभर बलिङ नगरेकोमा लखनउलाई यो जरिवाना लगाइएको हो । लखनउले दोस्रो पटक यो गल्ती गरेको छ ।
यस सिजनमा आठौँ पटक स्लो ओभर रेटको लागि जरिवाना लगाइएको छ । लखनउ सुपर जायन्ट्स र राजस्थान रोयल्सलाई दुई–दुई पटक जरिवाना गरिएको छ भने मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरु, दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सलाई एक–एक पटक जरिवाना गरिएको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता