भ्रष्टाचार काण्ड लुकाउन राजावादीले आतङ्क मच्चाए भनिँदैछ : सांसद सिंह
सोमबार, १५ वैशाख २०८२, ११ : ४५
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारको घटना ओझेल पार्न सरकारले राजावादीहरूले आंतक मच्चाएको हौवा फैलाएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारको घटना ओझेल पार्न सरकारले राजावादीहरूले आंतक मच्चाएको हौवा फैलाएका छन् ।’
उनले आफूहरू राजा चाहिन्छ भन्ने मान्छे भएको बताए । तर, आफूहरूको राजा चाहिन्छ भन्ने धारणालाई लिएर भ्रष्टाचार काण्ड लुकाउन नपाइने उनको भनाइ थियो । उनले भ्रष्टाचारको छानबिन गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण