भारत कठोर बनिरहँदा पाकिस्तानका पूर्वप्रम नवाजले भाइ शहबाजलाई दिए यस्तो सुझाव
इस्लामावाद । पहलगाम आतङ्कवादी हमलापछि पाकिस्तानप्रति भारत निकै कठोर बनिरहेको छ । भारतले पाकिस्तानविरुद्ध कयौँ कारबाही गरिरहेको छ । यसको प्रतिकारमा पाकिस्तानले निरन्तर युद्धको धम्की दिइरहेको छ ।
यसैबिच पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफले आफ्ना भाइ तथा पाकिस्तानका वर्तमान प्रधानमन्त्री शाहबाज शरिफलाई सल्लाह दिएका छन् । कूटनीतिक माध्यमबाट तनाव कम गर्न ध्यान केन्द्रित गर्न शाहबाजलाई नवाजले आग्रह गरेका छन् ।
आइतबार पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ आफ्ना दाइ तथा पूर्व प्रधानमन्त्री नवाज शरीफलाई भेट्न उनको निवास पुगेका थिए । शहबाजले नवाजलाई भारतले लगाएको कडा प्रतिबन्धबारे जानकारी गराए । उनले पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति (एनएससी) को बैठकमा भएका निर्णयबारे दाजुलाई जानकारी दिए ।
यस क्रममा पञ्जाब प्रान्तका मुख्यमन्त्री तथा नवाजकी छोरी मरियम नवाज पनि उपस्थित थिइन् । बैठकमा शहबाजले आफ्नो जेठो दाजुलाई भारतले गर्ने कुनै पनि आक्रमणको जवाफ दिन भइरहेको तयारीबारे जानकारी गराए ।
पहलगाम क्षेत्रमा अस्थिरता सिर्जना गर्न भारतीयहरूले आतङ्कवादी हमला गरेको शाहबाजको भनाइ थियो । यसैबिच, सिन्धु जल सन्धि निलम्बन गर्ने भारतको एकतर्फी निर्णयले यस क्षेत्रमा युद्धको खतरा बढाएको छ ।
पाकिस्तान शान्तिप्रति प्रतिबद्ध छ तर देशको सुरक्षामा कुनै सम्झौता हुन नसक्ने सरकारले भन्दै आएको छ । सरकारले शान्ति पुनर्स्थापना गर्न सबै उपलब्ध कूटनीतिक स्रोतहरू प्रयोग गर्नुपर्ने र कूटनीतिक माध्यमबाट तनाव कम गर्ने कुरामा जोड दिनुपर्ने नवाजले भनेका थिए ।
अन्तर्राष्ट्रिय अनुसन्धानको माग गर्दै पाकिस्तान
यसअघि पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले पहलगाम आक्रमणको अन्तर्राष्ट्रिय अनुसन्धानमा चीन र रुसको सहभागिताको बारेमा कुरा गरेका थिए । उनले भने कि मलाई लाग्छ रुस, चीन वा पश्चिमी देशहरूले पनि यो सङ्कटमा धेरै सकारात्मक भूमिका खेल्न सक्छन् ।
उनीहरूले एउटा अनुसन्धान टोली पनि गठन गरेर भारतले झुटो बोलिरहेको छ कि सत्य बोलिरहेको छ भन्ने कुराको अनुसन्धान गर्ने जिम्मेवारी दिइनुपर्ने उनको भनाइ थियो ।
पहलगाम आक्रमणको लागि भारतले निरन्तर पाकिस्तानलाई दोष दिइरहेको छ । आक्रमण भएपछि भारतले पाकिस्तानमाथि धेरै प्रतिबन्ध लगाएको छ । यसमा सिन्धु जल सन्धि निलम्बन गर्ने निर्णय पनि पर्छ ।
यसैबिच, पाकिस्तानले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरिरहेको छ । पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण