विद्यालय शिक्षा ऐनमा ‘स्कुल ब्याग पोलिसि’ को व्यवस्था गर्न नेविसंघको माग
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले विद्यार्थीको भौतिक र मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यार्थीमैत्री झोला तथा प्रविधिमैत्री सिकाइ व्यवस्था गर्न माग गरेको छ ।
विद्यालय जाने क्रममा विद्यार्थीले बोक्नुपर्ने शैक्षिक सामग्रीहरू अत्यधिक भार भएका कारण त्यसले नकारात्मक असर परेको नेविसंघको भनाई छ ।
‘विद्यालय जाने क्रममा विद्यार्थीले बोक्नुपर्ने शैक्षिक सामग्रीहरू अत्यधिक भार भएका कारण शारीरिक असन्तुलन र मानसिक दबाब सिर्जना भइरहेको छ । यस्तो अवस्थाले विद्यार्थीको सिकाइ प्रक्रियामा समेत नकारात्मक असर परेको छ,’ नेविसंघले भनेको छ ।
सङ्गठनले विद्यार्थीहरूलाई प्रविधिसँग अभ्यस्त गराउन र सिकाइलाई अझ व्यवस्थित बनाउन प्रविधिमैत्री सिकाइको आवश्यकता औँल्याएको छ । नेविसंघले पाठ्यपुस्तक तथा अन्य शैक्षिक सामग्रीहरू डिजिटलाइज गर्ने, विद्यालय प्राङ्गणमा सामग्री सुरक्षित राख्ने भण्डारण प्रणाली निर्माण गर्ने तथा सिकाइमा प्रविधिको अधिकतम प्रयोग बढाउन सरकारलाई आग्रह गरेको छ ।
साथै विद्यार्थीहरूको झोलाको तौल व्यवस्थापन गर्न विशेष नीति आवश्यक रहेको भन्दै, स्कुल ब्याग नीति तर्जुमा गरी प्रस्तावित विद्यालय शिक्षा ऐन अन्तर्गत आउने नियमावली वा निर्देशिकामा समावेश गर्नुपर्ने माग गरेको हो ।
प्रविधिमैत्री सिकाइ र झोला नीतिको कार्यान्वयनले विद्यार्थीको समग्र शैक्षिक तथा व्यक्तिगत विकासमा सकारात्मक प्रभाव पर्ने नेविसंघको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण