कमल थापाले आयोजना गरेको विरोध सभामा राजेन्द्र लिङ्देन सहभागी
सोमबार, १५ वैशाख २०८२, १५ : २४
काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको विरोधसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएका छन् ।
राप्रपा नेपालले सोमबार राजधानीको शान्तिबाटिकामा विरोध सभाको आयोजना गरेको हो । सोही कार्यक्रममा सहभागी हुन लेखा समितिको बैठक सकेर लिङ्देन शान्तिबाटिका पुगेका हुन् ।
गत चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शन हिसांत्मक बनेसँगै पक्राउ परेका राजावादी नेताहरूको रिहाइका साथै गणतन्त्रको विरोधमा राप्रपा नेपालले कार्यक्रमका आयोजना गरेको हो।
महाधिवेशनबाट राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि कमल थापाले राप्रपा नेपाल बनाएका थिए । महाधिवेशनपछि राप्रपा र राप्रपा नेपालका दुई अध्यक्षबिच सम्बन्ध राम्रो नभएको बताइएको बेला लिङ्देन थापाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण