राजसंस्थाको पक्षमा आवाज उठाउँदा राप्रपाका नेताहरूलाई खोजीखोजी पक्राउ गरियोः लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको पक्षमा आवाज उठाउँदा राप्रपाका नेताहरूलाई खोजीखोजी पक्राउ गरिएको भन्दै आक्रोश पोखेका छन् ।
कमल थापा नेतृत्वको राप्रपा नेपालले सोमबार आयोजना गरेको विरोधसभामा सहभागी भएका लिङ्देनले गत चैत १५ गते राजावादी सडकमा आउँदा लोकतन्त्रवादी भन्नेहरूले मानवअधिकार र लोकतन्त्र खिल्ली उडाएको आरोप लगाए । उनले अब सबै एक ठाउँ बसेर लोकतन्त्रको नामको लुटतन्त्र विरुद्ध जुट्नुपर्नेमा समेत जोड दिए ।
उनले भने, ‘हाम्रा साथीहरू, जसले राजसंस्थाको पक्षमा आवाज उठाउनु भयो, उनीहरूलाई खोजी खोजी कष्टडीमा राखिएको छ । मानवअधिकार, लोकतन्त्रका कुरा गर्नेहरूले नै चैत १५ गते मानवअधिकार र लोकतन्त्रको खिल्ली कसरी उडाएका छन् । अब हामी सबै एक ठाउँ बसेर यो लोकतन्त्रको नामको लुटतन्त्रका विरुद्ध जुटौँ ।’
लिङ्देनले आँखाले देख्दा सबै ठिकठाक चलेको देखिए पनि मुलुक वर्तमान समयको सबैभन्दा अप्ठ्यारो अवस्थामा चलिरहेको बताए ।
उनले चैत १५ गतेको घटनापछि थुनामा रहेको राप्रपाका नेताहरूको रिहाइ र उक्त घटनाको न्यायिक छानबिनको लागि सशक्त दबाब सिर्जना गर्न आह्वान समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण