जनताले भ्रष्टाचार रोक, भ्रष्टाचार हुन नदेऊ भनेका छन् : डा.शेखर कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको १५ औँ महाधिवेशन आगामी मङ्सिर मा हुनुपर्ने भए पनि कोही पदाधिकारी नबोलेको बताएका छन् ।
बिपी कोइराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा सोमवार काठमाडौँमा आयोजित ‘बिपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा बिपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् । उनले पार्टीका भ्रातृ संस्थाहरू लथालिङ्ग भएको बताए ।
उनले पार्टीको १५ औँ महाधिवेशन आगामी मङ्सिर मा हुनुपर्ने भए पनि हुन्छ/हुँदैन भन्ने कोही नेतृत्व तथा पदाधिकारी नबोलेको धारणा राखे । उनले यस्तो लथालिङ्ग अवस्थाले पार्टी नचल्ने समेत जिकिर गरे ।
सांसद कोइरालाले जनतालाई को प्रधानमन्त्री हुने र को मन्त्री हुने भन्नेमा सरोकार नभएको समेत बताए । उनले नागरिकहरूले धेरै नखोजेको बताउँदै भ्रष्टाचार नियन्त्रण गर्न आग्रह गरेको धारणा राखे ।
उनले भने,“नेपाली काँग्रेसको कुरा गरौँ, भ्रातृ संस्थाहरू लथालिङ्ग छ, महाधिवेशन २०८२ को मङ्सिरमा हुनुपर्ने हो । हुन्छ/हुँदैन, कोही नेतृत्व/पदाधिकारीहरू बोल्नुहुन्न । यसरी त पार्टी पनि चल्दैन, मुलुक पनि चल्दैन । को प्रधानमन्त्री हुने, को मन्त्री हुनेसँग जनतालाई सरोकार छैन । म सडकको जनताको कुरा गर्दै छु । नागरिकले धेरै कुरा खोजेका छैनन् । उनीहरूले तिमीहरू भ्रष्टाचार रोक, भ्रष्टाचार हुन नदेऊ भनेका छन् ।”
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन भ्रष्टाचार गर्दिन र भ्रष्टाचार हुन दिन्न भने पनि भ्रष्टाचारको नियन्त्रण र अनुसन्धान गर्ने राज्यका संयन्त्रहरू कमजोर भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण