शिक्षक आन्दोलन : सर्वोच्चको आदेश कार्यान्वयन गरी समस्या समाधानका लागि पहल गर्न बारको अपिल
काठमाडौँ । नेपाल बार एसोसिएसनले पेशागत लगायतका माग राखी आन्दोलनरत नेपाल शिक्षक महासंघसँग शीघ्र वार्ता गरी उचित र न्यायपूर्ण समाधानका लागि पहल गर्न अपिल गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै बारले आन्दोलनकै कारण राजधानीको मुख्य र व्यस्त रहने सडकमा यातायातलगायत दैनिक जन–जीवन प्रभावित भइ जनजीवन कष्टकर भएको र पठनपाठन नभई विद्यार्थीहरुको संविधानप्रदत्त शिक्षा सम्बन्धी हकहरुको हनन भई निर्धारित परीक्षाहरु समेत अवरुद्ध भएकाले समाधानको पहल गर्न अनुरोध गरेको हो ।
‘सम्मानित सर्वोच्च अदालतबाट भएको आदेश कार्यान्वयन गर्न र देखिएका समस्याहरुका बारेमा शीघ्रातिशीघ्र वार्ता गरी उचित र न्यायपूर्ण समाधानका लागि पहल गर्न संघीय संसद, नेपाल सरकार र नेपाल शिक्षक महासंघ लगायत सम्बन्धित सबै सरोकारवाला पक्षहरुलाई नेपाल बार एशोसिएशन हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
बारले वैशाख १४ गते भएको दिन दोहोरो झडपमा पत्रकार, शिक्षक र सुरक्षाकर्मीहरु घाइते भएको घटनाप्रति दुःख व्यक्त आफ्ना माग पूरा गर्न संविधान प्रदत्त विरोधका कार्यक्रम शान्तिपूर्ण रुपमा सञ्चालन गर्न र आन्दोलनमा बल प्रयोग नगर्न नगराउन सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण