शिक्षक आन्दोलन : सर्वोच्चको आदेश कार्यान्वयन गरी समस्या समाधानका लागि पहल गर्न बारको अपिल

काठमाडौँ । नेपाल बार एसोसिएसनले पेशागत लगायतका माग राखी आन्दोलनरत नेपाल शिक्षक महासंघसँग शीघ्र वार्ता गरी उचित र न्यायपूर्ण समाधानका लागि पहल गर्न अपिल गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै बारले आन्दोलनकै कारण राजधानीको मुख्य र व्यस्त रहने सडकमा यातायातलगायत दैनिक जन–जीवन प्रभावित भइ जनजीवन कष्टकर भएको र पठनपाठन नभई विद्यार्थीहरुको संविधानप्रदत्त शिक्षा सम्बन्धी हकहरुको हनन भई निर्धारित परीक्षाहरु समेत अवरुद्ध भएकाले समाधानको पहल गर्न अनुरोध गरेको हो ।
‘सम्मानित सर्वोच्च अदालतबाट भएको आदेश कार्यान्वयन गर्न र देखिएका समस्याहरुका बारेमा शीघ्रातिशीघ्र वार्ता गरी उचित र न्यायपूर्ण समाधानका लागि पहल गर्न संघीय संसद, नेपाल सरकार र नेपाल शिक्षक महासंघ लगायत सम्बन्धित सबै सरोकारवाला पक्षहरुलाई नेपाल बार एशोसिएशन हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
बारले वैशाख १४ गते भएको दिन दोहोरो झडपमा पत्रकार, शिक्षक र सुरक्षाकर्मीहरु घाइते भएको घटनाप्रति दुःख व्यक्त आफ्ना माग पूरा गर्न संविधान प्रदत्त विरोधका कार्यक्रम शान्तिपूर्ण रुपमा सञ्चालन गर्न र आन्दोलनमा बल प्रयोग नगर्न नगराउन सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता