जसपा नेपालले पहिचानको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पहिचानको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने भएको छ ।
पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले सुनसरीकोे धरानमा आयोजना गर्न लागेको ‘कोशी नाम र केबलबकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी’ को उद्देश्य पहिचानको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने र पहिचानको आधारमा प्रदेशहरुको पुनः नामाङ्कन गर्ने रहेको बताएका छन् ।
सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशीताको रक्षार्थ सङ्घर्षको थालनीको रुपमा पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रमुख वक्ता र सह–अध्यक्ष रकम चेम्जोङको अध्यक्षता रहने गरी उक्त विचार गोष्ठी गर्न लागिएको बस्नेतल बताए ।
आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिला, पिछडा वर्ग, अल्पसंख्यक, पछाडि परेका र पारिएका जाति/समुदाय र क्षेत्रका जनताको हक, अधिकार सुनिश्चित गर्न तथा विद्यमान सबै किसिमका असमानता, अन्याय, शोषण, उत्पीडन र विभेदको अन्त्यका लागि जसपा नेपालले साङ्गठनिक गतिविधि, अन्तरक्रिया तथा सङ्घर्षका विभिन्न कार्यक्रम गर्ने गरेको उनले बताए ।
नेता रकम चेम्जोङको संयोजकत्वमा गठित आन्दोलन परिचालन तथा समन्वय समितिको आयाोजनामा आगामी बैशाख २० गते उक्त गोष्ठी गर्न लागिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण