पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग तीन दिनको लागि अस्थायी युद्धविरामको घोषणा गरेका छन् । रुसका अनुसार यो युद्धविराम मे ८ को बिहानदेखि सुरु हुनेछ र मे ११ सम्म जारी रहनेछ ।
मानवीय कारणले र दोस्रो विश्वयुद्ध समाप्त भएको ८० औँ वार्षिकोत्सवको अवसरमा पुटिनले यो निर्णय लिएका हुन् । हालसम्म युक्रेनले यस घोषणाप्रति कुनै प्रतिक्रिया जनाएको छैन ।
रुसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रुस चाहन्छ कि युक्रेनले पनि युद्धविराम पालना गरोस्। यदि युक्रेनले युद्धविराम तोड्यो भने रुसी सेनाले कडा र प्रतिक्रिया दिनेछ ।’
विज्ञप्तिमा थप भनिएको छ, ‘युक्रेन संकटको मूल समस्या समाधान गर्न रुस बिना सर्त वार्ताको लागि तयार रहेको दोहोर्याउँछ। यसका लागि, रुस अन्तर्राष्ट्रिय साझेदारहरूसँग सकारात्मक वार्ताको लागि तयार छ।’ यसअघि रुसले इस्टरमा ३० घण्टाको युद्धविरामको घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण