कैलालीमा प्रहरी प्रमुख विष्टको सरुवा, बाल नरसिंह राणा आउँदै
मङ्गलबार, १६ वैशाख २०८२, ०९ : ४५

धनगढी । प्रहरी प्रधान कार्यालयले कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टलाई काठमाडौँको उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेको छ।
करिब १३ महिना अगाडि कैलालीको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी विष्टले अपराध नियन्त्रण महत्त्वपूर्ण काम गरेको बताएका छन्।
कैलाली प्रहरी प्रमुखको जिम्मेवारी अव एसपी बाल नरसिंह राणालाई सुम्पिएको छ।
राणा हालै नेपाल प्रहरी प्रदेश कार्यालय, अपराध अनुसन्धान शाखा बनेपाबाट सरुवा भएर नयाँ पद ग्रहण गर्न आएका हुन्। एसपी विष्टको कार्यकालमा लागुऔषध अपराधमा ७८० भन्दा बढी दोषी पक्राउ परेका छन्।
यस्तै विभिन्न मुद्दामा फरार करिब ६५० जनालाई न्यायिक प्रक्रियामा समावेश गरिएको छ। यस्तै ११ करोड ५ लाख रुपैयाँभन्दा बढीको अवैध समान बरामद गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनोदविक्रम केसीका तीन कविता
-
भारतकाे तटबन्ध निर्माण रोक्न प्रजिअलाई ज्ञापनपत्र, अविलम्ब कूटनीतिक पहल गर्न माग
-
तस्बिरमा हेर्नुहोस् अन्तर्राष्ट्रिय कला प्रदर्शनी
-
नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बने : बाबुराम भट्टराई
-
सामाजिक सञ्जालमार्फत भइरहेको गलत सूचना नियन्त्रण गर्ने कानुन तत्काल ल्याउन मुख्यमन्त्री कार्कीको आग्रह
-
बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री मधुबालाको दुखद कथा