कैलालीमा प्रहरी प्रमुख विष्टको सरुवा, बाल नरसिंह राणा आउँदै
मङ्गलबार, १६ वैशाख २०८२, ०९ : ४५
धनगढी । प्रहरी प्रधान कार्यालयले कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टलाई काठमाडौँको उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेको छ।
करिब १३ महिना अगाडि कैलालीको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी विष्टले अपराध नियन्त्रण महत्त्वपूर्ण काम गरेको बताएका छन्।
कैलाली प्रहरी प्रमुखको जिम्मेवारी अव एसपी बाल नरसिंह राणालाई सुम्पिएको छ।
राणा हालै नेपाल प्रहरी प्रदेश कार्यालय, अपराध अनुसन्धान शाखा बनेपाबाट सरुवा भएर नयाँ पद ग्रहण गर्न आएका हुन्। एसपी विष्टको कार्यकालमा लागुऔषध अपराधमा ७८० भन्दा बढी दोषी पक्राउ परेका छन्।
यस्तै विभिन्न मुद्दामा फरार करिब ६५० जनालाई न्यायिक प्रक्रियामा समावेश गरिएको छ। यस्तै ११ करोड ५ लाख रुपैयाँभन्दा बढीको अवैध समान बरामद गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण