निर्माण व्यवसायी विदुर शर्माविरुद्धको बलात्कारको जाहेरी तामेलीमा
काठमाडौँ । किशोरीलाई बलात्कार आरोप लागेका निर्माण व्यवसायी विदुर शर्माविरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णय गरिएको छ । प्रहरीको राय अनुसार जिल्ला सरकारी वकिल कार्यालयले उनीबिरुद्धको जाहेरी तामेलीमा राखेको हो ।
दोलखा घर भएका शर्मा निर्माण व्यवसायी हुन् । उनी नेकपा (एमाले) दोलखाको जिल्ला समितिको सहसचिव पदमा प्रतिस्पर्धा गरेका थिए । २०८१ वैशाखमा १९ वर्षीय किशोरीले उनीबिरुद्ध आफूलाई काठमाडौँको ठमेल स्थित एक होटलमा लगेर बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन् ।
पीडितले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएपछि ४५ वर्षीय शर्मा लामो समय फरार भए । शक्ति केन्द्रमार्फत दबाब दिएर उनले आफू विरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णय गराएका हुन् ।
पीडित किशोरीलाई पनि उनले बयान फेन बाध्य बनाएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘पीडित महिलालाई हुलाकबाट आफूले आवेशमा जाहेरी दर्ता गराएको भनेर पत्र पठाउन लगाएर उनले जाहेरी तामेलीमा राख्ने वातावरण बनाए ।’
३ हप्ता अगाडी सरकारी वकिल कार्यालयले पछि थप प्रमाण आएमात्र अनुसन्धान हुनेगरी जाहेरी तामेलीमा राख्ने निर्णय गरेको हो । २०८१ वैशाख १९ मा जागिर लगाइदिने प्रलोभन देखाएर आफूलाई होटलमा लगेर बलात्कार गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले पारित गरे साउदीले युरेनियम प्रशोधन गर्न सक्ने आणविक सम्झौता
-
बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
-
‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण