पाल्पामा एक महिला मृतावस्था फेला
मङ्गलबार, १६ वैशाख २०८२, १३ : ५५

बुटवल । पाल्पाको कालीगण्डकी नदी किनारमा एक महिला आज मृत फेला परेकी छन् ।
जिल्लाको रम्भा गाउँपालिका–३, राम्दी नजिकै काली गण्डकी नदीको खोँचमा बगनासकाली गाउँपालिका–६, दर्पुक घर भएकी ३४ वर्षीय गङ्गा माझी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनी बगनासकाली–५, दर्लमडाँडाको राम्दीमा डेरा गरी बस्दै आएकी थिइन् ।
नदी किनारमा मृत अवस्थामा भेटिएकी माझीको जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली खटिई प्रारम्भिक अनुसन्धान सुरु गरिएको पाल्पाका डिएसपी सुनिल मल्लले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता