पाल्पामा एक महिला मृतावस्था फेला
मङ्गलबार, १६ वैशाख २०८२, १३ : ५५
बुटवल । पाल्पाको कालीगण्डकी नदी किनारमा एक महिला आज मृत फेला परेकी छन् ।
जिल्लाको रम्भा गाउँपालिका–३, राम्दी नजिकै काली गण्डकी नदीको खोँचमा बगनासकाली गाउँपालिका–६, दर्पुक घर भएकी ३४ वर्षीय गङ्गा माझी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनी बगनासकाली–५, दर्लमडाँडाको राम्दीमा डेरा गरी बस्दै आएकी थिइन् ।
नदी किनारमा मृत अवस्थामा भेटिएकी माझीको जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली खटिई प्रारम्भिक अनुसन्धान सुरु गरिएको पाल्पाका डिएसपी सुनिल मल्लले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण