पहलगाम हमलाबारे राहुलले प्रधानमन्त्री मोदीलाई लेखे पत्र, विशेष अधिवेशन बोलाउन माग
मङ्गलबार, १६ वैशाख २०८२, १४ : ४८

नयाँ दिल्ली । पहलगाम हमलाको सम्बन्धमा विपक्षी दलले संसद्का दुवै सदनमा विशेष अधिवेशन बोलाउन माग गरेको छ। यस सम्बन्धमा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका हुन्।
राहुल गान्धीले लेखेका छन् , ‘पहलगाममा भएको आतंकवादी हमलाबाट हरेक भारतीय क्रोधित छन्। यस महत्त्वपूर्ण समयमा, भारतले हामी आतंकवादविरुद्ध सधैं एकताबद्ध रहनेछौँ भनेर देखाउनुपर्छ।’
राहुलले थप लेखे, ‘विपक्षीहरूको विश्वास छ कि संसदको दुवै सदनमा विशेष अधिवेशन बोलाइनुपर्छ, जहाँ जनताका प्रतिनिधिहरूले आफ्नो एकता र दृढ संकल्प देखाउन सकून्।’
उनले यो विशेष सत्र जतिसक्दो चाँडो बोलाउन अपिल गरेका छन्। गत हप्ता, जम्मू कश्मीरको पहलगाममा आतंकवादी हमला भयो, जसमा २६ जनाले ज्यान गुमाएका थिए भने अन्य धेरै घाइते भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले लिए शपथ
-
कस्ताे रहला तपाईँकाे दिन ? हेर्नुहाेस् आजकाे राशिफल
-
हेर्नुहाेस् शुक्रबारकाे अन्तर्राष्ट्रिय मुद्राकाे विनिमय दर
-
रविन्द्र र धवल शमशेरको विषयमा के भन्यो अदालतले ?
-
यस्तो छ अनेरास्ववियुको अन्तिम मत परिणाम, को-को भए निर्वाचित ?
-
म्याक्स ओ डाउडको ऐतिहासिक पारीले नेदरल्याण्ड्सलाई कीर्तिमानी जित