पहलगाम हमलाबारे राहुलले प्रधानमन्त्री मोदीलाई लेखे पत्र, विशेष अधिवेशन बोलाउन माग
मङ्गलबार, १६ वैशाख २०८२, १४ : ४८
नयाँ दिल्ली । पहलगाम हमलाको सम्बन्धमा विपक्षी दलले संसद्का दुवै सदनमा विशेष अधिवेशन बोलाउन माग गरेको छ। यस सम्बन्धमा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका हुन्।
राहुल गान्धीले लेखेका छन् , ‘पहलगाममा भएको आतंकवादी हमलाबाट हरेक भारतीय क्रोधित छन्। यस महत्त्वपूर्ण समयमा, भारतले हामी आतंकवादविरुद्ध सधैं एकताबद्ध रहनेछौँ भनेर देखाउनुपर्छ।’
राहुलले थप लेखे, ‘विपक्षीहरूको विश्वास छ कि संसदको दुवै सदनमा विशेष अधिवेशन बोलाइनुपर्छ, जहाँ जनताका प्रतिनिधिहरूले आफ्नो एकता र दृढ संकल्प देखाउन सकून्।’
उनले यो विशेष सत्र जतिसक्दो चाँडो बोलाउन अपिल गरेका छन्। गत हप्ता, जम्मू कश्मीरको पहलगाममा आतंकवादी हमला भयो, जसमा २६ जनाले ज्यान गुमाएका थिए भने अन्य धेरै घाइते भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण