पाकिस्तानका रक्षामन्त्रीको एक्स खाता भारतमा ब्लक
मङ्गलबार, १६ वैशाख २०८२, २१ : २३
काठमाडौँ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफको एक्स खाता मंगलबार भारतमा ब्लक गरिएको छ ।
पहलगाममा भएको हमलापछि भारत सरकारले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गर्ने निर्णय गरेको थियो । योसँगै भारतले अटारी सीमा बन्द गरेको छ भने पाकिस्तानलाई दिएको भिसा सम्बन्धी सुविधा पनि बन्द गरेको छ ।
पहलगाम आक्रमणपछि बीबीसीलाई दिएको एक अन्तर्वार्तामा ख्वाजा आसिफले भारतले पाकिस्तानविरुद्ध चालेका कदमहरूको जवाफ दिएका थिए ।
उनले भनेका थिए, ‘हामी भारतले पछिल्लो २४ घण्टामा गरेको कामको जवाफ दिइरहेका छौँ। हामी यसलाई चुपचाप हेरिरहन सक्दैनौँ। हामीले पनि त्यस्तै तरिका र शैलीमा जवाफ दिनुपर्यो ।’
यसबाहेक, पाकिस्तानी रक्षामन्त्रीले अन्य मिडियामा पनि धेरै बयान दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण