कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का
मङ्गलबार, १६ वैशाख २०८२, २१ : ३२

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कजरिया रमेश टायल्सलाई दुई लाख ८५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
मंगलबार अनुगमनमा गएको विभागको टोलीले वस्तुको रिलेबलिङ गरेको तथा बिलबिजक जारी नगरेको पाइएपछि काठमाडौँ २३ स्थित उक्त टायल्सलाई जरिवाना गरी कारोबार रोक्का गरेको हो ।
यस्तै मूल्य सूची तथा दर्ता प्रमाणपत्र नराखेको पाइएपछि काठमाडौँ ६ स्थित सान्बी एण्ड रिकु हार्डवेयरलाई ५० हजार, रिलेबलिङ गरेको पाएपछि ललितपुरको श्री न्यू विआर इन्टरप्राइजेज र बिलबिजक नराख्ने एनए सप्लायर्स गोकर्णलाई २० हजार जरिवाना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन