धादिङमा कुटपिट गरेर पुरुषको हत्या गरेको आरोपमा एक जना पक्राउ
काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित रायोटारमा मृत भेटिएका सुक बहादुर तामाङ ‘सुबा’ को हत्या भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । रुबिभ्याली गाउँपालिका–४ घर भएका सुक बहादुर वैशाख १२ मा नीलकण्ठ नगरपालिका–४ रायोटार प्लटिङ सडकमा मृत भेटिएका थिए ।
उनलाई कुटपिट गरेर हत्या गरिएको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले रातोपाटीलाई बताए । ५० वर्षीय सुक बहादुर तामाङको हत्यामा संलग्न आरोपमा प्रहरीले सुमन सुनारलाई पक्राउ गरेको छ ।
गजुरी गाउँपालिका–५ स्थित न्यौपाने गाउँ घर भएका २० वर्षीय सुमन नीलकण्ठ नगरपालिका स्थित रायोटारमा बस्दै आएका थिए । डीएसपी हमाल भन्छन्, ‘आरोपीले कुटपिट गरेर हत्या गरेको देखिन्छ ।’
वैशाख १४ मा प्रहरीले आरोपीविरुद्ध धादिङ जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण