स्वीडेनमा गोली हानेर तीन जनाको हत्या
स्टकहोम । स्वीडेनको उपसाला सहरमा गोली लागेर तीन जनाको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ । गोलीबारी सहरको मध्यमा रहेको वाक्सला स्क्वेयर नजिकै रहेको कपाल काट्ने सैलुनमा भएको हो । गोली प्रहार गर्ने व्यक्ति स्कूटर चढेर भागेको प्रत्यक्षदर्शीले भनेका छन् । प्रहरीले अझै पनि सन्दिग्धको खोजी गरिरहेको छ । छानबिन भइरहेको छ ।
यो घटना वालपुर्गिस स्प्रिङ फेष्टिभलको पूर्व सन्ध्यामा भएको थियो । यो पर्वको समयमा उपसालाको शहरका निकै भीड हुन्छ । ‘सबै कुरा यति छिटो छिटो भयो कि, धड्याम धड्याम धड्याम मात्रै सुनियो,’ एक प्रत्यक्षदर्शीले स्वीडिश च्यानल टीभीफोरलाई भने ।
घटनाको समय आफूले घरमा खाना बनाइरहेको अनि गोलीको आवाज सुन्दा पड्का पड्काएको होला भन्ने सोचेको अर्का एक व्यक्तिले बताए ।
तर एकै क्षणमा सडकमा प्रहरी र एम्बुलेन्सको ताँती लागेपछि आफू निकै डराएको उनले भने । एउटा गिरोहको नेताका आफन्तविरुद्ध आक्रमणको षडयन्त्र रचेको हो कि भनेर एक जना पीडितमाथि छानबिन भइरहेको बताइएको छ ।
हालैका वर्षमा स्वीडेनमा गोलीबारी र ग्याङ्ग हमला बढेको छ । यस्तोमा सरकारले देशको बन्दुक कानुनमा कडाइ गर्ने बताएको छ ।
गोली हान्ने व्यक्तिको खोजी तीव्र भइरहेको र यस कार्यमा हेलिकप्टरको समेत प्रयोग भइरहेको प्रहरीका प्रवक्ताले भनेका छन् । संदिग्धलाई भाग्न नदिन घटनास्थल आसपास रेल सेवा ठप्प पारिएको छ । प्रत्यक्षदर्शीहरूबाट थप जानकारी बटुल्न प्रहरीले आसपासको घरघरमा गएर बुझिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण