स्वीडेनमा गोली हानेर तीन जनाको हत्या

स्टकहोम । स्वीडेनको उपसाला सहरमा गोली लागेर तीन जनाको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ । गोलीबारी सहरको मध्यमा रहेको वाक्सला स्क्वेयर नजिकै रहेको कपाल काट्ने सैलुनमा भएको हो । गोली प्रहार गर्ने व्यक्ति स्कूटर चढेर भागेको प्रत्यक्षदर्शीले भनेका छन् । प्रहरीले अझै पनि सन्दिग्धको खोजी गरिरहेको छ । छानबिन भइरहेको छ ।
यो घटना वालपुर्गिस स्प्रिङ फेष्टिभलको पूर्व सन्ध्यामा भएको थियो । यो पर्वको समयमा उपसालाको शहरका निकै भीड हुन्छ । ‘सबै कुरा यति छिटो छिटो भयो कि, धड्याम धड्याम धड्याम मात्रै सुनियो,’ एक प्रत्यक्षदर्शीले स्वीडिश च्यानल टीभीफोरलाई भने ।
घटनाको समय आफूले घरमा खाना बनाइरहेको अनि गोलीको आवाज सुन्दा पड्का पड्काएको होला भन्ने सोचेको अर्का एक व्यक्तिले बताए ।
तर एकै क्षणमा सडकमा प्रहरी र एम्बुलेन्सको ताँती लागेपछि आफू निकै डराएको उनले भने । एउटा गिरोहको नेताका आफन्तविरुद्ध आक्रमणको षडयन्त्र रचेको हो कि भनेर एक जना पीडितमाथि छानबिन भइरहेको बताइएको छ ।
हालैका वर्षमा स्वीडेनमा गोलीबारी र ग्याङ्ग हमला बढेको छ । यस्तोमा सरकारले देशको बन्दुक कानुनमा कडाइ गर्ने बताएको छ ।
गोली हान्ने व्यक्तिको खोजी तीव्र भइरहेको र यस कार्यमा हेलिकप्टरको समेत प्रयोग भइरहेको प्रहरीका प्रवक्ताले भनेका छन् । संदिग्धलाई भाग्न नदिन घटनास्थल आसपास रेल सेवा ठप्प पारिएको छ । प्रत्यक्षदर्शीहरूबाट थप जानकारी बटुल्न प्रहरीले आसपासको घरघरमा गएर बुझिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त सदस्य सचिवद्वारा पदभार ग्रहण, खेलकुद विकासमा डटेर लाग्ने प्रतिबद्धता
-
असार महिनाको राशिफल : हेर्नुहोस् महिनाभरको आफ्नो भाग्य
-
सुदूरपश्चिम प्रदेशको स्वास्थ्यबारे बजेट अस्पष्ट
-
प्रगतिशील कानुन व्यवसायी सङ्गठनको अध्यक्षमा थापा निर्वाचित
-
होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ
-
आज एघारौं चुरे संरक्षण दिवस मनाइँदै