नेपाल–भारत सीमामा देखिएका समस्या समाधानका लागि पहल गर्छु : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारत सीमामा देखिने समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् । तराई–मधेस जागरण अभियानअन्तर्गत बुधबार बेलौरी पुगेका प्रचण्डले नगरप्रमुख पोतिलाल चौधरीले बुझाएका ज्ञापनपत्र बुझ्दै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।
‘यस नगरपालिकामा म यसअघि पनि विभिन्न कार्यक्रमका अवसरमा आएको छु। यहाँका समस्याहरू बारे म जानकार छु। नेपाल–भारत सीमामा देखिने समस्या, सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि म विपक्षी दलको नेताको हैसियतमा गर्न सकिने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छु’, उनले भने ।
कार्यक्रमको क्रममा बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले अध्यक्ष प्रचण्ड समक्ष नगरका समस्या र आवश्यकताहरू समेटिएको ज्ञापनपत्र पेस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण