राजनीति
बिहीबारदेखि पठनपाठन हुने वातावरण बन्छ : सत्ता गठबन्धन
बुधबार, १७ वैशाख २०८२, १३ : ०४
१
काठमाडौँ । सत्ता गठबन्धन दलले काठमाडौँमा जारी शिक्षक आन्दोलन स्थगित हुने विश्वास लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता साझेदार दलहरूको बैठकले बिहीबारदेखि पठन पाठन हुनेगरी वातावरण निर्माण गर्ने विश्वास लिएको छ ।
बैठकबारे जानकारी दिँदै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शिक्षक महासंघ र सरकारबिच वार्ता सकारात्मक भएकाले आज बेलुकासम्म सहमति हुने विश्वास व्यक्त गरे । भोलिसम्म निष्कर्षमा पुग्ने उनको भनाइ थियो ।
‘भोलिदेखि सहज ढङ्गले पठन पाठन हुने वातावरण निर्माण गर्ने सहमति भएको छ । शिक्षकहरूले ऐन नबनाइ नफर्किने अडान लिएका छन् । विधेयक एउटा प्रक्रियामा भएकाले केहि ढिलाइ भएको हो । मलाई विश्वास छ । शिक्षकहरूले आन्दोलन स्थगित गरी पठनपाठन हुने विश्वास लिएका छौँ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
-
समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प छैन : उपसभापति शर्मा
-
बागमती सरकारबाट बाहिरिँदै एमाले, राजीनामा दिने तयारी
-
एमाले र नेकपा मिले पनि गण्डकीमा नयाँ सरकार बनाउन कठिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण