पाकिस्तानी अभिनेत्री हानिया आमिरलाई भारतीय फ्यानले पानीको बोतल पठाएपछि...

इस्लामावाद । २२ अप्रिलमा कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच फेरि तनाव बढेको छ । आतंककारीहरूले पर्यटकहरूलाई उनीहरूको धर्म सोधेर निशाना बनाएका थिए ।
यस आक्रमणपछि, भारतले कारबाही गर्यो । अनि १९६० को सिन्धु जल सन्धिलाई निलम्बन गर्ने सहित पाँच–बुँदे कार्य योजना जारी गर्याे । भारतले पानी नखोले पाकिस्तानीहरू पानी खान नपाएर प्याक प्याकी हुने भन्दै भारतीय सञ्चार माध्यमले समाचार बनाइरहेका छन् । यो सन्दर्भमा कयौं मिम्स बनिरहेको अवस्थामा केही भारतीय फ्यानहरूले हानिया आमिरलाई पानीका बोतलहरूले भरिएको बाकस पठाउका छन् ।
यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । यसमा फ्यानहरूले हानिया आमिरको नाममा खाने पानीका बोतलहरूले भरिएको कार्टन बाकस पठाएको देखिन्छ । कार्टनको बाहिर ‘भारतबाट पाकिस्तानको पञ्जाब प्रान्तको रावलपिंडीमा हानिया आमिरको लागि....’ भनेर लेखिएको छ । यो भिडियो हानिया आमिरका भारतीय फ्यानहरूले मिम्सका लागि बनाएको भनिएको छ । यो भिडियो देखेर केही निटिजन्स रिसाएका छन् भने केही निराश भएका छन् । गम्भीर परिस्थितिलाई मजाक बनाउन खोज्नु ठिक नभएको केहीको तर्क छ ।
पहलगाम आक्रमणमा प्रतिक्रिया दिने पहिलो पाकिस्तानी सेलिब्रेटी
पाकिस्तानी सुन्दरी हानिया आमिर पहलगाम आक्रमणमा प्रतिक्रिया दिने पहिलो पाकिस्तानी सेलिब्रेटीहरूमध्ये एक थिइन् । इन्स्टाग्राम स्टोरीमा ‘दुःखद घटना हामी सबैको लागि दुःखद घटना हो’ भन्दै उनले शोक व्यक्त गरेकी थिइन् । पहलगाम घटनाबाट आफ्नो मुटु दुखेको भन्दै मानवतालाई रोज्नुपर्ने कुरा गरेकी थिइन् ।
हानिया आमिर दिलजीत दोसाँझसँग ‘सरदार जी ३’ बाट बलिउडमा डेब्यू गर्न लागेको तर पहलगाम आक्रमणपछि उनलाई यो फिल्मबाट हटाइएको अफवाह चलेको थियो । फिल्मका निर्माताहरूले यसको कुनै आधिकारिक पुष्टि गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
-
डलरको भाउ घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा