ट्रम्पको ठट्टा : पोप बन्न चाहन्छु
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठट्टामा पोप बन्ने चाहेको बताएपछि उनका मीमहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
एक अन्तर्वार्तामा, ट्रम्पले अर्को पोपको लागि आफ्नो पहिलो रोजाइ हुने भन्दै ठट्टा गरेका थिए । यसपछि, पोपको पोसाकमा सजिएका ट्रम्पका तस्बिरहरूले भरिएका मीमहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
ल्याटिन अमेरिकी मूलका प्रथम पोप पोप फ्रान्सिसको गत सोमबार ८८ वर्षको उमेरमा निधन भएको थियो। पोपको अन्त्येष्टिमा ट्रम्प पनि
सहभागी भएका थिए। पोप फ्रान्सिसको अन्त्येष्टि पछि, कार्डिनलहरूले मे ७ मा उत्तराधिकारी छनौट गर्ने प्रक्रिया सुरु गर्ने कार्यक्रम छ।
फ्रान्सिसको ठाउँ कसले लेलान भनेर सोध्दा ट्रम्पले शुरुमा आफै पोप बन्न चाहेको बताएका थिए । तर पछि उनले आफ्नो कुनै रोजाइ नभएको तर न्यूयोर्कबाट एक कार्डिनल भएको र उनीसाँच्चै राम्रो भएको बताएका थिए ।
न्यु योर्कका कार्डिनल टिमोथी डोलन फ्रान्सिसको उत्तराधिकारीको लागि अग्रणी दाबेदार होइनन्। अहिलेसम्म अमेरिकाबाट कुनै पोप आएका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण