हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव : कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे जिन्दगी जाला

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र शाहलाई कला क्षेत्रमा लाग्न सुझाव दिएका छन् ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको ९ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वनवयुवराज शाहलाई यस्तो सुझाव दिएका हुन् । उनले राजा हुने सपना नदेख्न समेत चेतावनी दिए ।
केही दिनअघि अभिनेत्री सुरक्षा पन्तले एक टेलिभिजन अन्तर्वार्तामा पूर्वयुवराज शाहका छोरा हृदयेन्द्रलाई आकर्षक अनुहार भएको भन्दै फिल्म इन्डस्ट्रीमा आउन सुझाएकी थिइन् ।
पन्तको उक्त भनाइलाई लिएर उनको आलोचना भइरहेको छ । प्रधानमन्त्री ओलीले स्वतन्त्र रूपमा आफ्नो विचार राख्दैमा कलाकारमाथि सामाजिक सञ्जालमा आक्रमण हुनु दुःखद् भएको बताए ।
उनले सामाजमा बढेको विकृति चिर्नको लागि कला क्षेत्रले महत्वपूर्ण भुमिका खेल्नुपर्ने समेत बताए । प्रधानमन्त्री ओलीले भने,‘सुरक्षा पन्तजस्तो एउटा कलाकारले कति राम्रो भन्नुभएको छ हेर्नुस् त राम्रो अनुहार छ कला क्षेत्रमा आए हुन्छ । रिसाउनु र गाली गर्नुपर्ने के छ त्यसमा ? त्यति राम्रो भनेको छ । म पनि सुझाव दिन्छु, ति बाबु सिकेर कला क्षेत्रमा आएभने राम्रै हुन्छ । अब राजा हुने सपना देखे भने सपनै सपनामा जिन्दगी जान्छ । त्यसैले यो गलत बाटो केही मान्छे कराएर सही बाटो हुने होइन ।’
कलाकारलाई बहिस्कार गर्दा केही फरक नपर्ने भन्दै उनले आफ्नो काममा लागिरहन आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्