शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय

नागरिकको आवश्यकता बजेटबाट सम्बोधन गर्नुपर्छ : मन्त्री काफ्ले

बुधबार, १७ वैशाख २०८२, १७ : ४२
बुधबार, १७ वैशाख २०८२

हेटौँडा । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफलेले स्थानीय नागरिकको आवश्यकता पहिचान गरी बजेटमा सम्बोधन गर्नुपर्ने बताएका छन् । उनले आम नागरिकको आवश्यकता र मागलाई पहिचान गरी स्थानीय तहको समन्वयमा बजेट विनियोजन गर्नुपर्ने बताए ।

बुधबार आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा भएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमाको सम्बिन्ध स्थानीय सरकारसँगको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले बजेटमा स्थानीय र प्रदेश सरकारको प्राथमिकता समान हुन जरुरी रहेको बताए ।

विगतमा स्थानीय र प्रदेश सरकारको तालमेल नमिल्दा बजेटको सही सदुपयोग हुन नसकेको उनको भनाई छ । दुवै सरकारको एकै प्राथमिकता हुनेगरी गुणस्तरीय विकास र सहज सेवा प्रवाहको दिशामा आगामी वर्षको बजेट विनियोजन हुनुपर्नेमा उनले बताए । मन्त्री काफ्लेले अलपत्र योजनाहरूलाई निर्माण प्रक्रियामा लैजानको लागि सरकारको गम्भीर रहेको समेत बताए । आगामी बजेटको प्राथमिकतामा त्यसतर्फ काम गर्ने उनले बताए । स्थानीय सरकारले आगामी योजना निर्माण गर्दा उत्पादन र रोजगारसँग जोडेर निर्माण गर्नुपर्नेमा मन्त्री काफलेले आग्रह गरे ।  

यसअघि प्रदेश सरकारले स्थानीय सरकारलाई दिएका अनुदानहरू चुहावट भएकाले त्यसले सरकारको आयदर उकास्न नसकेको उनको भनाई छ । आगामी बजेट उत्पादनमुखी नभए वा बजेटको स्रोत सुनिश्चिता नभए सरकारको अर्थतन्त्र खस्किने उनले बताए । उनका अनुसार संविधानमा उल्लेख भएका मौलिक हकको सदुपयोग गरी उत्पादनमुखी विकासमा दुई तहको सरकार जोडिनुपर्नेछ । मन्त्री काफ्लेले प्रदेशको पहिलो प्राथमिकता उत्पादनमुखी बजेट निर्माण गर्नु रहेको रहेको समेत उल्लेख गरे ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मेयर मिनाकुमारी लामाले आगामी नीति योजनामा प्रदेश सरकारले प्रशासनिक भवन निर्माणमा जोड दिनुपर्ने ध्यानाकर्षण गराइन् । 

करिब ८ वर्षअघि स्थानीय सरकारले जग्गा उपलब्ध गराइसकेको तर हालसम्म पनि प्रदेश सरकारले भवन निर्माण गर्न नसकेकोमा त्यसलाई गम्भीरतापूर्वक ध्यानमा राखी सरकार सञ्चालन गर्न आग्रह गरिन् । सरकारले लागत सहभागितामा अबको विकास योजना तय गर्नुपर्ने उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप