नागरिकको आवश्यकता बजेटबाट सम्बोधन गर्नुपर्छ : मन्त्री काफ्ले
हेटौँडा । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफलेले स्थानीय नागरिकको आवश्यकता पहिचान गरी बजेटमा सम्बोधन गर्नुपर्ने बताएका छन् । उनले आम नागरिकको आवश्यकता र मागलाई पहिचान गरी स्थानीय तहको समन्वयमा बजेट विनियोजन गर्नुपर्ने बताए ।
बुधबार आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा भएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमाको सम्बिन्ध स्थानीय सरकारसँगको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले बजेटमा स्थानीय र प्रदेश सरकारको प्राथमिकता समान हुन जरुरी रहेको बताए ।
विगतमा स्थानीय र प्रदेश सरकारको तालमेल नमिल्दा बजेटको सही सदुपयोग हुन नसकेको उनको भनाई छ । दुवै सरकारको एकै प्राथमिकता हुनेगरी गुणस्तरीय विकास र सहज सेवा प्रवाहको दिशामा आगामी वर्षको बजेट विनियोजन हुनुपर्नेमा उनले बताए । मन्त्री काफ्लेले अलपत्र योजनाहरूलाई निर्माण प्रक्रियामा लैजानको लागि सरकारको गम्भीर रहेको समेत बताए । आगामी बजेटको प्राथमिकतामा त्यसतर्फ काम गर्ने उनले बताए । स्थानीय सरकारले आगामी योजना निर्माण गर्दा उत्पादन र रोजगारसँग जोडेर निर्माण गर्नुपर्नेमा मन्त्री काफलेले आग्रह गरे ।
यसअघि प्रदेश सरकारले स्थानीय सरकारलाई दिएका अनुदानहरू चुहावट भएकाले त्यसले सरकारको आयदर उकास्न नसकेको उनको भनाई छ । आगामी बजेट उत्पादनमुखी नभए वा बजेटको स्रोत सुनिश्चिता नभए सरकारको अर्थतन्त्र खस्किने उनले बताए । उनका अनुसार संविधानमा उल्लेख भएका मौलिक हकको सदुपयोग गरी उत्पादनमुखी विकासमा दुई तहको सरकार जोडिनुपर्नेछ । मन्त्री काफ्लेले प्रदेशको पहिलो प्राथमिकता उत्पादनमुखी बजेट निर्माण गर्नु रहेको रहेको समेत उल्लेख गरे ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मेयर मिनाकुमारी लामाले आगामी नीति योजनामा प्रदेश सरकारले प्रशासनिक भवन निर्माणमा जोड दिनुपर्ने ध्यानाकर्षण गराइन् ।
करिब ८ वर्षअघि स्थानीय सरकारले जग्गा उपलब्ध गराइसकेको तर हालसम्म पनि प्रदेश सरकारले भवन निर्माण गर्न नसकेकोमा त्यसलाई गम्भीरतापूर्वक ध्यानमा राखी सरकार सञ्चालन गर्न आग्रह गरिन् । सरकारले लागत सहभागितामा अबको विकास योजना तय गर्नुपर्ने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण