ओलीलाई भेटेपछि एकीकृत समाजवादीका नेताहरूले भने– छलफल अत्यन्त सौहार्दपूर्ण भयो
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूले प्रधानमन्त्री केपी ओलीसँगको भेटघाट सौहार्दपूर्ण भएको बताएका छन् । अहिले देखिएका समग्र राष्ट्रिय समस्या समाधान हुने गरी सरकारको आगामी नीति तथा कार्यक्रममा समेट्न माग पत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार गएका नेताहरूले भेटघाट सौहार्दपूर्ण भएको बताएका हुन् । ओलीसँग भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष प्रकाश ज्वालाले विभाजनपछि यति सौहार्दपूर्ण बसाई पहिलो पटक भएको बताए ।
‘विभाजनपछि पहिलो पटक यति सौहार्दपूर्ण भेटघाट, बसाई पहिलो पटक भयो । सुरुमै हाम्रा पार्टीका अध्यक्षले विषयहरू प्रस्तुत गर्नुभयो । त्यसपछि महासचिवले माग पत्र वाचन गरेर सुनाउनुभयो । सम्माननीय प्रधानमन्त्रीले उत्साहका साथ हाम्रा प्रतिनिधिमण्डललाई स्वागत गर्नुभयो’, ज्वालाले भने ।
छलफलमा प्रधानमन्त्री ओलीले एकीकृत समाजवादीले आफ्ना मुद्दा जनताका विषय व्यवस्थित गरेर मागपत्रको रूपमा जसरी सरकारलाई बुझायो यो तरिकाबाट आफू निकै प्रभावित भएको ज्वालाले जिकिर गरे ।
‘यसमा भएका महत्वपूर्ण विषय म आफै पनि अध्ययन गर्छु । र, माग पत्रमा आएका विषय सकेसम्म नीति तथा कार्यक्रममा समेट्ने प्रयास गर्छु । सकेसम्म बजेटमा पनि कति सम्बोधन गर्न सकिन्छ । म गर्छु । यसबाट म धेरै प्रभावित भएको छु भन्नुभयो’, ओलीको भनाइ उदृत गर्दै उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण