ओलीलाई भेटेपछि एकीकृत समाजवादीका नेताहरूले भने– छलफल अत्यन्त सौहार्दपूर्ण भयो

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूले प्रधानमन्त्री केपी ओलीसँगको भेटघाट सौहार्दपूर्ण भएको बताएका छन् । अहिले देखिएका समग्र राष्ट्रिय समस्या समाधान हुने गरी सरकारको आगामी नीति तथा कार्यक्रममा समेट्न माग पत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार गएका नेताहरूले भेटघाट सौहार्दपूर्ण भएको बताएका हुन् । ओलीसँग भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष प्रकाश ज्वालाले विभाजनपछि यति सौहार्दपूर्ण बसाई पहिलो पटक भएको बताए ।
‘विभाजनपछि पहिलो पटक यति सौहार्दपूर्ण भेटघाट, बसाई पहिलो पटक भयो । सुरुमै हाम्रा पार्टीका अध्यक्षले विषयहरू प्रस्तुत गर्नुभयो । त्यसपछि महासचिवले माग पत्र वाचन गरेर सुनाउनुभयो । सम्माननीय प्रधानमन्त्रीले उत्साहका साथ हाम्रा प्रतिनिधिमण्डललाई स्वागत गर्नुभयो’, ज्वालाले भने ।
छलफलमा प्रधानमन्त्री ओलीले एकीकृत समाजवादीले आफ्ना मुद्दा जनताका विषय व्यवस्थित गरेर मागपत्रको रूपमा जसरी सरकारलाई बुझायो यो तरिकाबाट आफू निकै प्रभावित भएको ज्वालाले जिकिर गरे ।
‘यसमा भएका महत्वपूर्ण विषय म आफै पनि अध्ययन गर्छु । र, माग पत्रमा आएका विषय सकेसम्म नीति तथा कार्यक्रममा समेट्ने प्रयास गर्छु । सकेसम्म बजेटमा पनि कति सम्बोधन गर्न सकिन्छ । म गर्छु । यसबाट म धेरै प्रभावित भएको छु भन्नुभयो’, ओलीको भनाइ उदृत गर्दै उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कामबाट समयमा डेरा फर्किइनन् अञ्जना, खोज्न जाँदा भेटियो दुई जनाको शव
-
सालघारीको फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन
-
गण्डकी सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई विनियोजन गर्यो २ अर्ब ३९ करोड बजेट
-
पुँजीगत खर्च बढ्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीले उठाए कर्मचारीमाथि प्रश्न
-
गण्डकी प्रदेश : उद्योग मन्त्रालयलाई ८४ करोड र वन मन्त्रालयलाई १ अर्ब बजेट विनियोजन
-
अस्ट्रेलियामा सर्भर राखेर नेपालमा कर छली, सात जनाविरुद्ध १ अर्ब ३६ करोडको मुद्दा